यी हुन् मुटु रोगका अनौठा ६ लक्षण

Posted on: 09 Oct, 2018

एजेन्सी – साना समस्यामा त्यति धेरै चासो नदिनु मानवीय स्वभाव हो । तर, सनाना–साना स्वास्थ्य समस्या पनि मुटु रोगका लक्षण हुन सक्छन् । जब मुटु र रक्तनलिले काम गर्न छोड्छ त्यसपछि शरिरका अन्य असम्बन्धित भागमा पनि यसको लक्षण देखिन्छ,’ टेक्सास ए एन्ड एम हेल्थ साइन्स सेन्टरका मुटुविज्ञ डा जोन इरविन भन्छन् । उनका अनुसार मुटु रोगका साझा तर अनौठा लक्षण रहेका छन् । यस्ता समस्याप्रति बेलैमा सचेत भएमा रोग फैलिन र बढ्नबाट जोगिने सकिने उनी बताउँछन् ।

१. कमजोर यौन गतिविधि

यौन दुर्बलतालाई प्रजनन स्वास्थ्य वा दिमागसँग पनि सम्बन्धित रहेको मान्दै आएको छौं । तर, पुरुषहरुमा यौन दुर्बलता देखिनु पनि मुटु रोगको एक मुख्य लक्षण हो । मुटुमा रगत पुर्याउने रगतका धमनीमा समस्या भएमा पुरुषको यौन उत्तेजनामा समस्या उत्पन्न हुन्छ ।

स्त्रीहरुमा यौन रसको स्खलन नहुनु भनेको रजस्वला रोकिन स्कने लक्षण हो । तसर्थ रजस्वला रोकिएपछि मुटु रोगका खतरा बढ्न सक्छ । तर, रजस्वला रोकिनु आफैमा मुटुजन्य समस्या होइन ।

‘रजस्वला रोकिदैमा मुटु रोग ननिम्त्याए पनि रक्तचाप र कोलस्टोलको तहमा परिबर्तन जस्ता निश्चित मुटुसँग सम्बन्धित समस्या रजस्वलाको समयतिर हुने गर्छ । यो समयमा अधिकांश महिला अझै निष्क्रिय हुने भएकाले पनि यस्तो जोखिम बढेको हो ।

२. घुर्ने तथा निन्द्रामा असन्तुलन

घुर्ने मानिसको नजिकै सुत्नु पनि दिक्दारी नै हो । तर, घुराई दिक्दारीको अतिरिक्त मुटु रोगको लक्षण पनि हो । रातभर सुतेपछि दिउसो पनि निन्द्रा लागे जस्तै घुर्नु पनि निन्द्रा असन्तुलनको एउटा पाटो हो । उनका अनुसार घुर्दाखेरि श्वास–प्रश्वासमा कठिनाई हुने र यसले ह्दयघात तथा स्ट्रोकको खतरा निम्त्याउँछ । घुर्ने व्यक्तिको मुटुको गति यति तीब्र हुन्छ कि जसका कारण कहिलेकाहिँ कमजोर रगत प्रवाह हुन्छ ।

३. स्खलन

स्खलन र मुटुरोगबीचको सम्बन्धलाई थोरै मानिसहरले प्रष्ट पारेका छन् । तर अस्वस्थ स्खलन मुटुसँगसम्बन्धि समस्या हो । बारम्बारको स्खलनले शरिरमा कम्जोरी ल्याउने इरविन बताउँछन् । यसले ह्दयघात र मुटुसँग सम्बन्धित अन्य समस्या निम्त्याउँछ ।

४. काँध र घाँटीमा दुखाई

ह्दयघात हुँदा अधिकांश मानिसहरुले आफ्नो छातीभित्र हात्ती बसेजस्तै पीडा महशुस गर्छन् । त्यस्तै कतिपयले पाखुरामा एउटा सनसनी समवेदना हुन्छ । तरपनि सबै मानिसहरु ह्दयघातको यस्तो परम्परागत अनुभव महशुस गर्दैनन् । बरु उनीहरुको शरिरमा असजिलो, मांशपेशीमा पीडा र घाँटीमा दबाब वा काँध दुख्छ ।

५. खुट्टा वा पैताला सुन्निनु

खुट्टा तथा पैताला सुन्निनुका पनि विभिन्न कारणहरु हुन्छन् । तर अस्वभाविकरुपमा हात खुट्टा सुन्निुन मुटु विग्रन थालेको लक्षण हो । तसर्थ निरन्तर रुपमा हात खुट्टा फुलेमा बिरामीले तत्काल चिकित्सककहाँ जानुपर्छ किनकी यसले मुटुको समस्याको संकेत पनि गरेको हुन सक्छ ।

६. अपच, मुटुमा जलन

मुटुमा जलन र अपच निश्चय नै साझा समस्या हुन तर यसले बिरलै मानिसलाई गम्भीर बनाउँछ । तर कतिपय अवस्थामा माथिल्लो पेटमा हुने मन्द दुखाई पनि मुटु रोग ९ह्दयघात० को लक्षण हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!