मोबाईलमा ब्याट्रीको समस्या छ ? चार्ज गर्दा अपनाउनुस् यी ५ टिप्स

Posted on: 11 Oct, 2018

मोबाईल हाम्रो दैनिक जीवनको एउटा पाटो साथी हो | आज भोलि त गाँस, बास र कपास जस्तै महत्वपूर्ण भैसक्यो "मोबाईल"| हाम्रो मात्र नभई हामीले चलाउने मोबाईलको पनि एउटा आयु हुन्छ | हाम्रो गलत प्रयोगको कारणले मोबाइलको आयु घटिरहेको पनि हुन्छ | धेरै हदसम्म मोबाईलको आयु ब्याट्रीसंग जोडिएको हुन्छ | गलत तरिकाले मोबाईल चार्ज गर्दा चार्जमा मात्र समस्या आउने होईन ब्याट्री र मोबाईल दुवैमा समस्या हुन सक्छ | सहि तरिकाले चार्ज गर्दा मोबाईल र ब्याट्री दुवैको आयु बढछ | ब्याट्री चार्ज गर्ने ५ सहि तरिका यस्ता छन्:-

१. मोबाइल बनाउने केही कम्पनीहरुको अनुसार मोबाइलमा प्रयोग गरिएको ब्याट्रि ३००-५०० पटक चार्ज गर्नको लागि बनेका हुन्छन्। त्यसपश्चात ब्याट्रिको क्षमता घट्न थाल्छ। अनि ब्याट्रीले चार्जलाई ठिक ढंगबाट स्टोर गर्न सक्दैन ।

२. ब्याट्रीलाई ० देखि १००% सम्म चार्ज गर्न हुदैन । लिथियम आयोन ब्याट्रिलाई ४०-८० प्रतिशतको बीचमा चार्ज राख्नु पर्छ । चार्जलाई २० प्रतिशत भन्दा कम हुन नदिनु सबैभन्दा राम्रो हुन्छ ।

३. ल्यापटपको ब्याट्रिलाई १०० प्रतिशत चार्ज महिनामा १ पटक भन्दा बढी गर्न हुदैन ।

४. मोबाइल किन्दा जुन चार्जर आएको हुन्छ, सोही चार्जरले चार्ज गर्नु उपयुक्त हुन्छ । अन्य चार्जरको प्रयोगले पनि ब्याट्रीमा समस्या देखिनसक्छ।

५. लिथियम-आयन ब्याट्रीलाई धेरै दिनसम्म बिना चार्ज राख्न हुदैन। ब्याट्री प्रयोग नगरी राख्नु छ भने पनि ४०-५० प्रतिशत चार्ज गरेरमात्र राख्नु पर्दछ । सामान्यतया प्रयोग नगर्दा पनि ब्याट्री ५-१० प्रतिशत महिनामा डिस्चार्ज हुन्छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!