मेरो बिहे भएको ११ महिना हुन लाग्यो, श्रीमानलाई कन्डम मन पर्दैन...

Posted on: 13 Oct, 2018

टिप्स | मेरो बिहे भएको ११ महिना हुन लाग्यो । हामीले परिवार नियोजनका साधन प्रयोग गरेका छैनौँ । श्रीमानलाई कन्डम मन पर्दैन । त्यस्तै, मलाई पनि परिवार नियोजनका साधन प्रयोग गर्न मन लाग्दैन । हामी प्राकृतिक परिवार नियोजनको विधिमा बढी भर परेका छौँ । हामीले पात्रो विधि प्रयोग गरेका छौँ । तर, मेरो महिनावारी समयमा हुँदैन । कहिले २४ दिनमा त कहिले ४१ दिनमा हुन्छ । यस्तो अवस्थामा के गर्ने होला ?

तपाईंले परिवार नियोजनको पात्रो विधिलाई ध्यानपूर्वक प्रयोग गर्नुभएको छ भने तपाईंको सबैभन्दा लामो महिनावारीको दिन हुँदासम्म पनि महिनावारी भएन भने नजिकको अस्पतालमा गएर चिकित्सकसँग सल्लाह गरेर पिसाब जाँच गराउनुहोला ।

पात्रो विधिअनुसार तपाईंको गर्भ नरहने या सुरक्षित समय भनेको महिनावारी भएको ३१ औँ दिनदेखि अर्को महिनावारी भएको चौथो दिनसम्म हो । किनभने पात्रो विधिअनुसार तपाईंको सबैभन्दा छोटो महिनावारीबाट २१ घटाउनुपर्छ (२४­२१) र सबैभन्दा लामो महिनावारीको अन्तरालबाट ११ दिन घटाउनुपर्छ (४१­३१) । यसरी हिसाब गर्दा तपाईंको असुरक्षित समय भनेको महिनावारी भएको चौथो दिनदेखि ३१औँ दिनसम्म हो ।

- शुक्रबारबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!