बच्चा जन्माउने चाहना छ ? उपयुक्त समय, दिन र उमेर कुन हो ?

Posted on: 14 Oct, 2018

गर्भधारणको लागि हरदिन सामान्य हुँदैन । केहि दिन विशेष दिन यस्तो हुन्छ जब महिलाहरु गर्भवती हुने सम्भवना धेरै हुन्छ । यस्तो समयलाई महिलाको फर्टाइल स्टेज भन्ने गरिन्छ । यस समय यौन सम्बन्ध भएमा महिलाहरु गर्भधारण हुने सम्भावना बढ्छ ।

गर्भधारणको लागि महिलाहरुलाई सबैभन्दा उपयुक्त समय वा दिन कुन ? 

आमा बन्नु सहज कुरा होइन । धेरै कारणले केहि महिलाहरु आमा बन्न सक्दैनन् वा गर्भधारण गर्न सक्दैनन् । यदी तपाइले केहि सानातिना तर महत्वपूर्ण कुराहरुलाई ख्याल गर्नु भएमा तपाइँ सहजै गर्भधारण गर्न सक्नुहुन्छ ।

गर्भधारण गर्नको लागि केहि कुराहरुको ज्ञान हुनु जरुरी हुन्छ जस्तो कि: 

- गर्भधारणको लागि केवल सेक्स जरूरी होइन किनकी कुन समय तपाई सेक्स गर्दै हुनुहुन्छ यो कुरा पनि महत्वपूर्ण छ । 

- सफल गर्भधारण गर्नको लागि ओवुलेशन पीरियडको जानकारी पनि जरुरी हुन्छ । 

- गर्भधारण गर्नको लागि दिनभर कुनै पनि समय उचित हुन्छ । 

- गर्भधारणसंग सम्बन्धित शोध अनुसार यो कुरा थाहा हुन्छ कि जुन महिलाले सेक्सको क्रममा उत्तेजित हुन्छन् तब गर्भधारणको संभावना निकै हुन्छ ।

गर्भधारणको समयबारे जानकारी 

पुरुषको शुक्राणु जब महिलाको गर्भमा प्रवेश गर्छ तब गर्भधारण हुन्छ । पुरुषको शुक्राणु महिलाको अंडाणुमा पुगेर जब सफल निषेचन गर्छ तब गर्भधारण हुन्छ । 

यदी तपाइको बिबाह भएको धेरै समय भएको छ तर फेरी पनि तपाइँ गर्भधारण हुनुभएको छैन भने गर्भधारणको प्रयास गर्नु अघि तपाई दुवै पति-पत्नीले आफ्नो शारीरिक परीक्षण गर्न पर्ने हुनसक्छ ।  यसबाट यो कुरा थाहा हुन्छ कि तपाइँहरुको समस्या के हो ? 

यदी तपाइँ यो जान्न चाहनुहुन्छ कि महिनावारी भएपछी कुन दिन गर्भधारणको लागि सबैभन्दा उपयुक्त हुन्छ, यो लेख तपाइको लागि नै हो । 

महिनावारीपछि गर्भवती हुने सम्भावना 


महिनावारी भएको ६ दिन पछि ७ दिनसम्म गर्भवती हुने सम्भावना रहन्छ । महिनावारी सुरु भएको ६ दिनपछी सेक्स गर्दा त्यस लगत्तै ७/८ दिनसम्मको समय गर्भ बस्ने सम्भावना उच्च हुन्छ । यदी तपाई कुनै ख्याल नगरी दिन बिराएर सम्बन्ध राख्नुहुन्छ भने पनि गर्भधारणको सम्भावना बढ्छ । श्रीमतीको उत्तेजना बिना श्रीमान आफु सन्तुष्ट बन्न मात्र सेक्स गर्छ भने गर्वाधानको सम्भावना समेत घट्छ । सेक्स गर्दा श्रीमती निकै कामुक रुपमा यौन आनन्द लिईरहेकी छन् भने त्यस्तो अवस्थामा गर्वाधान हुने सम्भावना निकै बढी हुने सोधकर्ताहरुले जनाएका छन् । 

--- यदी तश्विर अनुसार हेर्नुहुन्छ भने महिनावारी भएको ६/७ दिन पछीदेखि १४ दिनसम्म गर्वाधान हुने सम्भावना बढ्दै गएको देख्न सकिन्छ, यसको मतलव यस समय हर्मोनको मात्रा अन्य समयभन्दा बढी हुन्छ, यस अवधिमा संसर्ग हुँदा गर्वाधानको सम्भावना उच्च हुन्छ । 

गर्भधारणमा उमेरको महत्व 

--- चार्ट अनुसार हेर्नुहोस् = २० देखि ३४ बर्षको उमेर गर्ववती हुनेहरुको लागि निकै राम्रो % मा देखाएको छ । 

गर्भधारण गर्नको लागि उमेरले पनि बिशेष महत्व राक्छ । गर्भवती हुनको लागि सबैभन्दा उपयुक्त उमेर २२ देखि २९ बर्षको बीचलाई मानिन्छ । विवाहलाई लिएर आजकाल मानिसहरुको सोच बदलिएको छ । आजभोली विवाहको औसत उमेर ३० बर्ष मानिन्छ तर यो उमेरपछी गर्भधारण गर्नको लागि २२-२९ बर्षजति उपयुक्त हुँदैन । उमेर ढल्केपछी गर्भधारण हुने सम्भावना कम हुँदै जाने हुँदा पनि समस्या निम्तन सक्छ । त्यसो त ढल्कँदो उमेरमा हुने गर्वले आमा वा बच्चाको स्वास्थ्य वा सारीरिक कष्टको समेत समस्या आउने गरेको बताइन्छ ।  महिलाको २५ बर्षको उमेर शारीरिक र मानसिक रूपमा गर्भवती हुनको लागि सबैभन्दा उपयुक्त उमेर मानिन्छ । २२ देखि २९ बर्ष सम्मलाई निकै उपयुक्त उमेर मानिने भएपनि साधारणतया गर्भधारणको लागि १८ बर्षदेखि ३५ बर्षसम्मको उमेर पनि उपयुक्त मान्ने गरिन्छ । तर २० बर्ष पछी मात्र गर्वधारण गर्नु डाक्टरहरुको सल्लाह हुन्छ भने ३५ बर्ष हुनु अगावै गर्व बोक्न सल्लाह दिने गरिन्छ । 

शिशु रोग विशेषज्ञहरुको अनुसार जो महिला ३५ वर्षको उमेरपछी गर्भधारण गर्छन उनीहरुको शिशु जन्मेपछी कयौं विरामी वा रोगको सिकार बन्न सक्छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!