गर्भवती भएको कसरी थाहा पाउने ? हेर्नुहोस्

Posted on: 31 Oct, 2018

एजेन्सी, सन्तान जन्मानका लागि महिला गर्भवती हुन्छिन् । कतिपय महिलाहरु चाहेर पनि गर्भवती बन्न सकेका हुँदैनन् । तर केही महिलाहरु भने नचाँहदा नचाँदै पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् । यी दुवै अवस्था आउनुमा फरक फरक कारण हुन्छन् । कतिपय महिलाहरु मानसिक, आर्थिक र सामाजिक रुपमा परिपक्व नहुँदै सानो असावधानीले पनि गर्भवती हुन्छन् भने कतिपयमा स्वास्थ्यका कारणले लामो प्रयास गर्दा पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् । महिलाले कसरी थाहा पाउने त आफू गर्भवती भएको ?

–महिला गर्भवती भएको पहिलो लक्षण नै महिनावारी रोकिनु हो । शारिरीक सम्पर्क भएपछि महिनावारी रोकिन्छ ।

–गर्भवती भएपनि प्रायजसो महिलाहरुले स्वयं नै अनुभूति गर्न सक्छन् । जुन प्रायजसो सत्य सावित हुन्छ ।

–गर्भवती भएपछि महिलाको स्तनको टुप्पोमा कालो रङ देखा पर्नुका साथै दुख्ने गर्छ ।

–गर्भवती भएपछि शरीरमा हर्मोनको वृद्धि हुने गरेकाले महिलाहरु चाँडै नै थकान महसुस गर्छन् ।

–गर्भवती महिलाले शरीरमा नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानीपख ज्वरो आउने र शुररुवातका केही महिनामा वान्ता हुने गर्छ । तर बिस्तारै यो समस्या हट्दै जान्छ ।

–बच्चा गर्भमा आएपछि नजन्मेसम्म महिलालाई बारम्बार पिसाव लाग्ने गर्छ । बच्चा बढ्दै गएपछि पिसव नलीमा पाठेघरले निरन्तर चाप दिने र मिर्गौलाबाट पनि अतिरिक्त रसायनहरु बाहिरीने भएकाले औषतमा बढी नै पिसाव लाग्छ ।

–बच्चाको उचित विकासका लागि गर्भवती महिलाले अघिपछि भन्दा बढी पोसिलो खानेकुरा खानुपर्छ । बढी मात्रामा भिटामिन र प्रोटिनयुक्त खानेकुरा खाइरहने हुँदा केही खानेकुरा खान मन पर्दैन । तर खान भने छोड्नु हुँदैन । एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारणले कतिपय महिलालाई केही कुराको वास्ना तथा गन्धले पनि एलर्जी हुन सक्छ ।

–गर्भवती महिलामा कहिलेकाँही कब्जियत पनि हुन सक्छ । यस्तो अवस्थामा तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ ।

–बच्चा बढ्दै गएपछि आमाको शरीररमा भएको प्रोटिन बच्चालाई अवश्यक पर्ने भएकाले गर्भवती महिलाहरु कम्जोर भएर काम्ने र बेहोस हुने समस्या पनि आउन सक्छ । त्यसैले धेरै प्रोटिन र भिटामिनयुक्त खाना खानु जरुरी हुन्छ ।

–पेटमा भएको बच्चाको वृद्धि र तौलमा हुने हेरफेरले गर्भवती महिलाको ढाड दुख्ने समस्या हुन्छ ।

–गर्भवती महिलाको मन ज्यादै चन्चल हुन्छ । उनीहरुको व्यवहार छिनछिनमा परिवर्तन हुन्छ । तर सधैं तनाव लिएर मनमा नकारात्मक कुरा खेलाउँदा बच्चाको मानसिक विकासमा पनि असर पर्न सक्छ । एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!