दाँत हेरेरै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य, हेर्नुहोस्

Posted on: 26 Nov, 2018

सामुन्द्रिक शास्त्र भनेको मुख, मुखमण्डल तथा सम्पूर्ण शरीरको अध्ययनको बिद्यया हो । यसमा व्यक्तिको अनुहार, शरिरको अलग अलग अंगको आंकलन गरेर व्यक्तिको स्वभाव, चरित्र अनि व्यक्तित्वको पत्ता लगाइन्छ । यो बिद्यया भारतमा पचिन कालदेखिनै निकै प्रचलित रहेको पाईन्छ । यस विद्ययाको बारेमा गरुड पुराण पनि बर्णन गरिएको छ ।

सुन्दरता: सामान्यतया दातँको बिचमा यदि ग्याप छ भने यसले मुस्कानलाई नै फिका बनाइदिन्छ। यसैलै सुन्दरताको दृष्टिले यो सहि मानिदैन।

ज्योतीषीय दृष्टिकोण सुख: सामुन्द्रिक शास्त्रको अनुसार जो व्यक्तिको दाँतको आकार समान हुनुको साथसाथ चमक पनि हुन्छ, उनीहरुले निकै सुखको जीवन व्यतीत गर्छन्।

रचनात्मक क्षमता: मिलेको दाँत भएका व्यक्तिको रचनात्मक क्षमता पनि गजबको हुन्छ। यस्ता व्यक्तिले पैसा पनि निकै सम्हालेर राख्न जानेका हुन्छन्।

बुद्धिमता: त्यस्तै अगाडीका दाँतको बिचमा खाली ठाउँ हुनुलाई सामुद्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ।

ठुलो लक्ष्य: जो व्यक्तिको अगाडीको दाँतको बिचमा खाली ठाउँ हुन्छ ती व्यक्तिको भित्र निकै उर्जा हुन्छ अनि जीवनमा एक ठुलो लक्ष्य हासिल गर्नेछन्। 

हार नमान्ने: दाँतको बिचमा ग्याप हुने व्यक्तिले सजिलै हार मान्दैनन्। खुसी रहन जान्ने हुन्छन् त्यसैले अप्ठ्यारो अवस्था आइपर्दा आत्तिने गर्दैनन्।

अति बोल्ने: सामुन्द्रिक शास्त्रको अनुसार यस्ता व्यक्ति निकै बोलक्कड हुन्छन्। यस्ता व्यक्ति बिना कुनै बिषय बिहान देखि बेलुकीसम्म कुरै मात्र गरिरहन सक्छन्। खुला बिचार: यस्ता व्यक्ति खुला विचारवाला पनि हुन्छन् अनि साथी पनि छिट्टै बनाउँछन्।

खाना-पिनाको शौखिन: दाँतको बिचमा ग्याप हुने व्यक्तिहरु खाना-पिनाको निकै शौखिन हुन्छन्।

भविष्य राजसी सुख: सामुन्द्रीक शास्त्रको अनुसार दाँतको बिचमा ग्याप हुने स्त्रीले राजसी सुख भोग्छिन्।

पतिको प्रेम: जो स्त्रीको माथि र तल १६-१६ दाँत हुन्छन् ती स्त्रीले पतिको निकै प्रेम पाउँछन् । 

लामो दात: जो पुरुषको लामो दाँत हुन्छ, ती पुरुषला जीवनमा कहिल्यै धनको कमीको सामना गर्नु पर्दैन । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!