अब पुरुषका लागि पनि गर्भनिरोधक जेल ! कसरी प्रयोग गर्ने ?

Posted on: 16 Jan, 2019

लामो समयबाट बैज्ञानिक पुरुषको लागि गर्भनिरोधक विकसित गर्ने कोशिष गरिरहेका छन् । तर अब यसमा उनलाई सफलता पनि मिलेको छ । बैज्ञानिकले एउटा ‘जेल’ विकसित गरेका छन् । जसको प्रयोग पुरुषले कण्डम बिना गर्भनिरोधमा सहयोग पाउँछन्

यदि तपाईंको पार्टनर कण्डम प्रयोग गर्दैनन् र तपाईं साइड इफेक्टको डरले गर्भनिरोधक औषधी खान चाहनुहुन्न भने तपाईंका लागि यो खुसीको खबर हुनसक्छ । वैज्ञानिकले पुरुषका लागि गर्भनिरोधक साधन तयार गरेका छन् ।

पपुलेशन काउन्सिल र एनआईएचक युनिस केनेडी श्रिवरले एउटा यस्ता जेलको विकास गरेका छन् जसको प्रयोगले पुरुषको शुक्रकिट अस्थायी रुपमा कम हुन्छ ।

यो अनुसन्धानलाई नेतृत्व गरिरहेकी डा. डायना ब्लिथले भनिन्, ‘धेरै महिलाले गर्भनिरोधक चक्की खान सकिरहेका हुँदैनन् र पुरुषको गर्भनिरोधक विधि भ्यासेक्टोमी र कण्डममा मात्र सिमित छ ।’

यो जेलको नाम  NEST राखिएको छ । यसलाई पुरुषहरुले आफ्नो पिठ्युँ र काँधमा लगाउनुपर्छ । यो जेललाई छालाले सोसेपछि यसले असर देखाउनेछ । यो जेललाई बनाउनका लागि टेस्टोस्टेरोनका साथै सेजेस्टेरोन नामको तत्व पनि समावेश गरिएको छ ।

सेजेस्टेरोनले पुरुषको टेस्टोस्टेरोनको प्राकृतिक उत्पादनमा रोक लगाउँछ जसमार्फत वीर्यको उत्पादनमा अत्यधिक कमी आउने गर्छ । यसले यौन उत्तेजना र अन्य कार्यमा कुनै असर नराख्ने बताएको छ ।

यो जेललाई संसारभरीका चार सय २० जोडीमाथि चाँडै नै परीक्षण गरिने बताइएको छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!