कहिले सोच्नु भएको छ ? स्मार्टफोनको प्रयोगले यस्तोसम्म असर गर्छ !

Posted on: 16 Jan, 2019

अहिले स्मार्टफोन हाम्रो दैनिक जीवनको महत्वपूर्ण साथी बनेको छ । मानिसहरु आफ्नो फुर्सदको अधिकांस समय स्मार्टफोनमा नै खर्चिने गर्छौ |

त्यही कारण त, गेम खेलेर घण्टौ विताइदिन्छौं । फेसबुक चलाएर रात विताइदिन्छौं । अहिले स्मार्टफोन हाम्रो लागि कुलत बनेको छ । केही समयअघि अमेरिकामा भएको एक अध्ययनबाट के देखियो भने, मान्छेले तीन दिनका लागि यौन सम्बन्ध त्याग्न सक्छन् । तर, एक दिनका लागि स्मार्टफोन त्याग्न तयार हुँदैनन् ।

कतिपयले यसको भरपुर उपयोग गरेका छन् भने कतिपयले यसको व्यापक दुरुपयोग पनि गरेका छन् ।

त्यसैले यसको प्रयोगमा भने सावधानी अपनाउनु जरुरी छ । जर्जिया विश्वविद्यलायले गरेको एक अनुसन्धनले पत्ता लगाएको छ की कम्प्यूटर गेम खेल्ने, शोसल मिडियामा बढी बस्ने, स्मार्ट फोनको बढी प्रयोग गर्ने टिनियजर्सभन्दा स्मार्टफोन कम प्रयोग गर्नेहरु खुशी हुन्छन् । स्मार्टफोनको अत्याधिक प्रयोगले दिमागमा असर पुग्नुका साथै निराशा, बेचैन र अनिन्द्रजस्ता समस्या बढेर जान्छ ।

कमजोर बनाउँछ दिमाग

विषेशज्ञले भनेका छन की बालबालिकालाई स्मार्टफोन दिनु भनेको उसलाई एक ग्राम कोकीन पनि सँगै दिनु जस्तो हो । बच्चा जव स्मार्टफोनको सम्पर्कमा आउँछ त्यसपछि उसको सहि ढंगले मानशिक विकास हुँन पाउँदैन । स्मार्ट फोनको कारण बच्चाको मस्तिष्क कमजोर बन्छ । स्मार्टफोटबाट निस्कने रेडियो तरंगले दिमागमा मात्र गहिरो प्रभाव पार्दैन की सुन्ने क्षमतामासमेत ह्रास आउछ ।

यस्तो असर

स्मार्ट फोनको प्रयोगले आँखमा असर पुग्छ । यसको कारण आँखाको दृष्टिसमेत कमजोर हुन सक्छ । यस्तो लत लागेका मानिस क्रोनिक ड्राई आई सिन्ड्रोमबाट पीडत हुन सकिन्छ ।

स्मार्टफोनको बढी प्रयोग गर्ने बच्चाले आउटडोर गेम खेल्न मन गर्दैनन् । जसले गर्दा उसको शारिरिक विकासमा असर पुग्छ । परिणाम मोटोपन जस्ता समस्या देखिन थाल्छन् ।

रातमा सुत्नुभन्दा पहिले र विहाने उठ्ने समय स्मार्ट फोन लामो समयसम्म चलाउनु पनि एक रोग हो । जसलाई स्मार्टफोन ब्लाइन्डनेस पनि भनिन्छ ।

फोनलाई लामो समय मुटुको नजिक राख्नु हुँदैन । गोजीमा लामो समय राख्दा पनि स्वास्थ्यमा असर पुग्न सक्छ ।

स्मार्टफोनलाई कहिल्यै पनि सिरानी मुनि राखेर सुत्नु हुँदैन । यसले अनिद्राको समस्या निम्त्यान सक्छ । अनिद्राको समस्या पनि ठूलो रोग हो ।

गर्धन बढी झुकाएर मोवाइल चलाउँदा गर्धनलाई जोड्ने हाड सम्बन्धि विभिन्न रोग देखा पर्छ ।

कसरी पाउने छुट्करा ?

स्मार्टफोनमा बढी समय विताउनुको सट्टा विभिन्न खेल खेल्ने, हिड्ने, पत्रिका पढ्ने र मानिसँग कुरा गरेमा बढी खुशी हुन सकिन्छ ।

स्मार्टफोनमा घन्टौँ विताउनुहुन्छ भने तपाई स्मार्टफोनको लतमा फँसीसक्नुभएको छ । यस्तो बानीबाट छुट्करा पाउनको लागि स्मार्टफोनलाई आफुभन्दा टाढा राख्न सक्नुहुन्छ । मोवाइल चेक गर्ने टाइमिङ बनाउँदा अझ राम्रो हुन्छ । तपाईलाई यो आवश्यक छैन की खाना खाने, कसैसँग कुरा गर्ने समय पनि मोवाइल गर्नै पर्छ ।

तपाइको मोवाइलमा कस्ता-कस्ता एप्स छन् र त्यस्तो एप्स कति पलदायी छ भन्ने कुरामा विषेश ध्यान दिनुस् । यदि मोवाइलमा अनावश्यक एप्स छ भने त्यसलाई हटाइहाल्नुपर्छ ।

धेरै मानिसले सुत्नुभन्दा पहिला मोवाइलको स्वीच्ड अफ गर्दैनन् । यदि यस्तो लतबाट मुक्त हुनुको लागि स्वीच्ड अफ गरेर सुत्ने बानी गर्दा राम्रो हुन्छ ।

कतिपय त्यस्ता एप्स छन् जसले स्मार्टफोनको कम प्रयोग गर्न सहयोग गर्छन् । त्यस्ता एप्सको साहारा पनि लिन सक्नुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!