गर्भमा छोरी वा छोरा ? यसरी आफैले लिंग निर्धारण गर्न सकिन्छ

Posted on: 24 Jan, 2019

अपेक्षा विपरित सन्तान जन्मिएमा त्यसको दोष महिला अर्थात आमामाथि थोपरिन्छ । तर, चिकित्सा विज्ञानले प्रष्ट पारिसकेको छ, छोरा वा छोरी जन्मिने अर्थात बच्चाको लिंग निर्धारण आमामा नभई पितामा भरपर्छ ।

गर्भको बच्चा छोरा हुने वा छोरी हुने कुरामा पुरुषको कुन क्रोमोजोमले महिलाको डिम्बलाई फर्टिलाईज गरेको छ त्यहि कुरामा निर्भर हुन्छ भन्ने कुरा थाहा हुन्छ ।

चिकित्सा विज्ञानका अनुसार यौनसम्पर्कको क्रममा स्खलित हुँदा पुरुषले धेरै शुक्रकिटहरु रिलिज गर्छन् । ती शुक्रकिटमा केही मेल क्रोमोजोम हुन्छन् भने केही फिमेल । यसरी शुक्रकिट जब डिम्बसम्म पुग्छ केही परिस्थितीमा यसले डिम्बलाई फर्टीलाइज गर्छ ।

डिम्ब न्युट्रल हुन्छन् अर्थात न पुरुष न त महिला । डिम्बमा दुई ‘एक्स’ क्रोमोजोम्स मात्रै हुन्छन् भने शुक्रकिटमा ‘एक्स’ र ‘वाई’ दुवै क्रोमोजोम हुन्छन् । महिलाको एक्स क्रोमोजोम र पुरुषको वाई क्रोमोजोमको मिलन भएमा छोरा जन्मिन्छ भने महिलाको एक्स क्रोमोजोम र पुरुषको पनि एक्स क्रोमोजोम नै मिलन भयो भने छोरी जन्मिन्छ ।

छोरा वा छोरी जन्माउनका लागि शरीरको केमेस्ट्रीमा केही परिवर्तन गरेर हुनेवाला बच्चाको लिंग निर्धारण गर्न सकिन्छ भन्ने मानिन्छ तर, यो कुरा वैज्ञानिक रुपबाट भने पुष्टी भइसकेको छैन ।

यहाँ हामी तपाईलाई केही यस्ता तरिकाको बारेमा बताउन गइरहेका छौं जसलाई अपनाएर आफूले चाहे अनुसार छोरा वा छोरी के जन्माउने निर्धारण गर्न सकिने दाबी गरिन्छ ।

पहिलो तरिकाः शारीरिक केमेस्ट्रीमा परिवर्तन

महिलाको महिनावारीको क्रममा पिएच स्तर बारम्बार परिवर्तन हुन्छ । यसले पनि बच्चाको लिंग प्रभावित हुन्छ । विज्ञहरुका अनुसार फोलिक्युलर फ्ल्युडमा एल्कलिनले छोरा पैदा हुने वाइ स्पर्म र फोलिक्युलर फ्लुइडमा एसिडिकबाट एक्स स्पर्म प्राप्त हुन्छ ।

छोरी जन्माउन चाहनुहुन्छ भने खानुहोस् यी खानेकुरा

यदि तपाईं छोरी चाहनुहुन्छ भने आफ्नो खानपानमा म्याग्नेसियम, क्याल्सियम र एसिडिक खानेकुरा जस्तै मकै, मासु, गेडागुडी, माछा, प्लम्स, कफी, अण्डा, कलेजो, र दही आदि समावेश गनुहोस् ।

यसको साथै अल्कालाइन खानेकुरा जस्तै केरा, सुन्तला, आलू र तरबुजा आदिबाट भने टाढै रहनुहोस् । यस बाहेक क्याल्सियम, फोलिक एसिड म्याग्नेसियम र भिटामिन सीको सप्लिमेन्ट्स लिनुहोस् । यसले तपाईंको सर्भिकल म्यूकसलाई एसिडिक बनाउँछ र वाइ स्पर्मलाई नष्ट गर्छ ।

छोरा जन्माउन चाहनुहुन्छ भने यी खानेकुरा खानुहोस्

त्यस्तै यदि तपाइर्ं छोरा चाहनुहुन्छ भने विभिन्न दूग्ध उत्पादनहरुको सेवन बन्द गर्नुहोस् । म्याग्नेशियम र क्याल्सियम सप्लिमेन्ट्स लिन पनि कम गर्नुहोस् । यसको सट्टा ताजा फलफूल, पोटेसियममा धनी खाना जस्तै केरा, एल्कालाइनिसिङ खानेकुरा जस्तै अंगुर, चेरी ताजा कागती दाल एभोकाडो, बदाम गाँजर, स्प्राउट्स आदीको सेवन बढाउनुहोस् ।

पुरुषले आफ्नो जनेन्दि्रयलाई अत्यधिक तातोबाट बँच्नुपर्छ किनभने यो गर्माहटले फिमेल स्पर्म भन्दा छिटो मेल स्पर्मलाई नष्ट गर्छ । यसको लागि टाइट अन्डरवेयर, साउना, हटटब आदिबाट टाढै रहनुहोस् ।

दोस्रो तरिकाः यौनसम्पर्कको समयमा परिवर्तन

डा. सेटल्सको प्रख्यात सिद्धान्तअनुसार वाई क्रोमोजोम्स धेरै छिटो यात्रा गर्छन् र यसको जीवनचक्र पनि छोटो हुन्छ । यदि तपाईं छोरा चाहनुहुन्छ भने सिद्धान्त अनुसार ओभ्युलेसन पिरियड भन्दा दुई वा तीन दिन पहिला सेक्स गर्नुको फाइदा छैन । किनभने वाई स्पर्म यति समयमा मर्छन् र केवल एक्स स्पर्म बाँकी हुन्छन् जसले छोरी जन्मिने सम्भावना बढ्छ । सेटल्स थ्योरीका अनुसार ओभ्युलेसन पिरियडमा सेक्स गर्नाले छोरा पैदा हुने सम्भावना बढ्छ ।

तेस्रो तरिकाः

यौनसम्पर्कको क्रममा लिंग योनीको कति भित्रसम्म पुगेको छ र स्पर्म योनीको कुन भागमा डिपोजिट भएको छ यसले पनि धेरै फरक पर्छ । यसको पछाडि दुई कारण छन्ः डिम्बबाट दुरी र पिएच लेभल ।

यदि तपाईं छोरी चाहनुहुन्छ भने लिंगलाई योनीको भित्रसम्म पुर्याउने आवश्यकता छैन । योनीको प्रवेशद्धारमै स्पर्म डिपोजिट भयो भने पनि छोरी जन्मिन सक्छन् किनभने यो स्थानमा योनी धेरै एसिडिक हुन्छन । यो एसिडिटीले कमजोर मेल स्पर्मलाई रोक्छ र तर बलियो फिमेल स्पर्म बाँचेर जान्छ ।

त्यस्तै यदि तपाईंलाई छोरीको चाहना छ भने स्पर्मलाई गर्भाशयको मुख नजिक डिपोजिट गर्नुहोस् । यसले ब्वाई स्पर्म डिम्बसम्म तिव्ररुपमा पुग्न सक्छ । यसको लागि तपाईंले यौनसम्पर्कको क्रममा लिंगलाई योनीको भित्रैसम्म पुर्याउनुपर्छ जसको लागि डग्गी स्टाइल पोजिसन बेस्ट हुन्छ ।

तपाईंलाई एक पटक फेरि जानकारी दिउँ यी सबै तरिकाको शतप्रतिशत सही परिणामको कुनै ग्यारेन्टी भने छैन । तपाईं आफ्नो भाग्य परिक्षण गर्न भने सक्नुहुन्छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!