कुन उमेर समूहका मानिसले कति अण्डा खाने ? जानी राखौं

Posted on: 04 Feb, 2019

टिप्स |

हरेक व्यक्तिको उमेर, तौल, मौसम र शारिरिक अवस्थाका कारण अण्डा खाने मात्रा भिन्न हुने गर्दछ । 

अण्डामा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । शरिरले यसलाई अवशोषित गर्नका लागि काब्रोहाइड्रेटको पनि आवश्यकता पर्छ । यदि तपाईंले अण्डा धेरै खानुहुन्छ भने कार्बोहाइड्रेटयुक्त खानेकुरा जस्तै ब्राउन ब्रेड, दूध, ध्यू वा रोटी पनि धेरै खानुपर्छ ता कि अण्डाको प्रोटिन पूर्ण रुपमा अवशोषित हुन सकोस् ।

थाहा पाउनुस् एउटा अण्डामा हुने पोषक तत्वः

प्रोटिनः ३१ ग्राम

क्यालोरीः ७० ग्राम

फ्याटः ४ ग्राम

सोडियमः ६२ मिलिग्राम

पोटासियमः ५९ मिलिग्राम

५–१० वर्षको उमेरमाः

एउटा अण्डाः यदि तौल कम छ भने अण्डाको पहेंलो भागसँग खानुहोस् । तौल बढि छ भने पहेंलो भाग बिना नै खानुहोस् ।

१०–१५ वर्षको उमेरमाः

एउटा अण्डा पहेंलो भाग सँगै खानुहोस् अर्को अण्डाको सेतो भाग मात्रै खानुहोस् ।

तौल कम छ भने पहेंलो भागसँगै खानुहोस् यदि बढि छ भने सेतो भागमात्र खानुहोस् ।

१५ देखि २० वर्षको उमेरमाः

तीनदेखि चारवटा अण्डा खानुहोस् ।

यदि प्रोटिनका अन्य स्रोत जस्तै पनिर वा कुखुराको मासु खानुहुन्छ भने अण्डाको मात्रा कम गर्नुहोस् ।

२० देखि ३० वर्षको उमेरमाः

दुईदेखि तीनवटा अण्डा ।

तपाईंको तौलको आधारमा पहेंलो भाग खाने नखाने बिचार गरेर खानुहोस् ।

३० देखि ४० वर्षको उमेरमाः

दुईवटा अण्डा पहेंलो भाग बिना ।

यो उमेरमा तौल बढ्ने अत्यधिक सम्भावना हुन्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।

४० देखि ५० वर्षको उमेरमाः

दुईवटा अण्डा पहेंलो भाग बिना नै खानुहोस् । मेटाबोलिजम कमजोर हुने भएकाले पहेंलो भाग बिना नै खानु फाइदाजनक हुन्छ ।

५० देखि ६० को उमेरमाः

एउटा अण्डा पहेंलो भाग बिना । मुटु रोगको सम्भावना बढ्नसक्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!