यस्ता गुण भएका जीवनसाथी रोजनुहोस्, तपाईको भाग्य आफैं चम्किनेछ

Posted on: 06 Apr, 2019

काठमाडौं | दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले उनीहरु अघात प्रेम बर्षाउँछन्, कहिले तितो पोख्छन् । धेरै दाम्पत्य-चक्रमा कहिले घाम, कहिले पानी हुन्छ । यसो भन्दैमा उनीहरुले एकअर्कालाई प्रेम गर्दैनन् भन्ने होइन । प्रेम गर्छन् । तर, कति ?

जीवनको सबैभन्द महत्वपुर्ण पक्ष विवाहा । जो विवाहापछि कतिको खुशि र दुखि हुन्छन् त्यो आफुमा भर पर्ने कुरा हुन् ।

श्रीमान श्रीमतीविचामा कसले कसलाई बढी माया गर्छ ? अक्सर दम्पतीबीच यस्ता किसिमको बहस चलिरहेको हुन्छ, यो स्वभाविक हो, र चल्न्ु पछि पर्छ । हरेकले आफुले बढी माया गर्ने बताउँछन् । यति हुँदाहुँदै पनि उनीहरुबीच मनमुटाव हुन्छ । ठाकठुक पर्छ । झैझगडा हुन्छ । बैमनश्यता हुन्छ ।

पति-पत्नीमा कसले, कसलाई बढी माया गरिरहेको छ भन्ने कुरा थाहा पाउन गाह्रो हुन्न । उनीहरुको व्यवहार, बडील्याङ्वेज, मनोभाव आदिबाट यो कुरा दर्शाइरहेको हुन्छ ।

सामिप्यता खोज्ने

पति वा पत्नीमध्ये कसले, कसको बढी सामिप्यता खोज्छ ? यसले पनि उनीहरुको मनोभाव बुझ्न सकिन्छ । जसले आफ्नो पार्टनर नजिक हुँदा बढी आनन्दित महसुष गर्छ, जो आफ्नो पार्टनरसँग अनेक वहानाले नजिकिन खोज्छ । स्पर्श गर्न चाहन्छ । पक्कैपनि उनीहरुमा पार्टनरप्रति बढी माया हुन्छ ।

उनीहरु बिहे, भोजमा होस् वा घुमघाममा, सिनेमा हेर्न होस् वा पारिवारिक जमघटमा आफ्ना पार्टनरको उपस्थिती खोज्छन् । पार्टनरको अनुपस्थितीमा खल्लो अनुभव गर्छन् ।

केयरिङ

हाम्रो मुड सधै एकनास रहँदैन । कहिले खुसी र कहिले दुखी भइन्छ । यस्तो अवस्थाबारे ख्याल राख्ने पार्टनरमा माया हुन्छ । यदि पति/पत्नी दुखी हुँदा त्यसबारे चासो राख्छ र उनलाई सामान्य अवस्थामा फर्काउने प्रयास गर्छ भने त्यस्ता पार्टनरमा माया हुन्छ ।

यस्ता पति/पत्नीले आफ्ना पार्टनरको स्वास्थ्य अवस्था के छ, दिनभर के खायो, के खाएन, औषधीको छुट्यो कि भन्नेसम्मका ख्याल राख्ने गर्छन् । त्यतीमात्र होइन, पार्टनरले लगाएको लुगा ठिक छ/छैन, गरेको काम सही छ/छैन भन्नेसम्ममा चासो राख्छन् । पार्टनरलाई जाडो भएको, भोकाएको, थाकेको सबै अवस्थाबारे बुझ्न खोज्ने पति/पत्नी मायालु हुन्छन् ।

खुसीको खोजी

पार्टनरको अनुहार सधै हँसिलो होस्, खसी होस् भन्ने चाह राख्ने पति/पत्नीलाई पनि सकारात्मक मान्नुपर्छ । यस्ता पति/पत्नी पार्टनरको  खुसीमा आफ्नो खुसी खोज्छन् । पार्टनरको सुखमा आफु आनन्दाभूत गर्छन् । त्यतीमात्र होइन, पार्टनर के कुरामा खुसी हुन्छन्, के कुरामा रमाउँछन् त्यस्तै वातावरण बनाउने प्रयास गर्छन् ।

सकारात्मक भाव

कतिपय दम्पतीमा के हुन्छ भने, पति वा पत्नीले भनेको कुरालाई गलत व्याख्या गर्ने । गलत ढंगले बुझ्ने । यहि कारण उनीहरुमा मनमुटाव भइरहन्छ ।

यद्यपी पति/पत्नी जो आफ्नो पार्टनरप्रति सकारात्मक भाव राख्छन् । पार्टनरको भावनालाई सम्मान गर्छन् । पार्टनरले बोलेको, भनेको, सोचेको कुरालाई सकारात्मक रुपमा लिन्छन् । यस्ता पति/पत्नीले आफ्ना पार्टनरलाई माया गर्छ ।

सहयोगको भावना

अक्सर पति घरबाहिरको काम गर्ने, पत्नीले घरधन्दाको काम गर्ने पारिवारिक संरचना छ हामीकहाँ । घरधन्दाको काम गर्ने, बच्चा हेर्ने, खानपिन पकाउने जस्ता काम पत्नीको जिम्मामा लगाइन्छ । घर बाहिरको काममा पतिलाई अगाडि सारिन्छ । यस्तो अवस्थामा पति/पत्नीले आफ्नो पार्टनरको काम साझेदार गर्छन् भने उनमा अधिक माया हुन्छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!