सावधान ! यी हुन् हृदयघात लक्षण, यसबाट कसरी बच्ने ?

Posted on: 01 May, 2019

काठमाण्डौ | पछिल्लो समय हृदयघात अर्थात् हर्टअट्याकले धेरै मानिसहरुको ज्यान लिन थालेको छ । आइतबार मात्रै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्रको हृदयघातका कारण मृत्यु भएको छ ।

३६ वर्षको युवा उमेरमै प्रकाश दाहालको हृदयघातका कारण मृत्यु भएको हो ।

यसकारण हुन्छ

शहरीया जिबनशैली हृदयघातको एक महत्वपूर्ण कारण हो । खानपानमा ध्यान नदिँदा र आवश्यक शारिरिक व्यायमको अभावमा हृदयघातको खतरा बढी हुने डाक्टरहरुको भनाई छ ।

अर्को कारण भनेको मदिरा तथा सूर्तीजन्य पदार्थको प्रयोग हृदयघातको ठूलो कारण हो । त्यसैगरी, मोटोपना पनि हृदयघातको अर्को कारण हो । मोटोपना भएपछि शरिरमा कोलस्ट्रोलको खतरा बढी हुन्छ । कोलस्ट्रोल भएको व्यक्तिलाई हृदयघात हुने संभाव बढी हुन्छ ।

मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले हृदयघात हुनमा मद्दत गर्छन् ।

लक्षण के ?

-हृदयघात हुँदा छातीको बीच भागमा छुरीले रोपेजस्तो, डोरीले कसेजस्तो वा ढुंगाले थिचेजस्तो पीडा हुन्छ ।

-अलिकति हिँड्दा पनि दम बढ्छ भने बुझ्नुहोस तपाईलाई हृदयघातको खतरा छ ।

-मुटु धेरै ढिलो वा धेरै छिटो चल्यो भने मुटुले राम्रोसँग पम्प गर्न सक्दैन । र, हृदयघातको खतरा हुन्छ ।

बच्नलाई के गर्ने ?

-घिउ, तेल, नौनी, छाली, वटर र वोसो चिल्लो पदार्थ पाइने खाद्य पदार्थ खानु हुँदैन ।

-मुटुरोगीले माछामासु नखाँदा राम्रो । माछामासु खाएमो कोलस्ट्रोल बढ्छ । र, त्यसले हृदयघातको खतरा बढाउँछ ।

-बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।

-टन्न खाने बानी छ भने त्यो हटाउनुपर्छ ।

-साँझ सकेसम्म खाना नखाने ।

-दाल, तरकारिको सुप, उसिनेको सागसब्जी खाने ।

-चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बोनिकपेय, अल्कोहलिकपेय र बढी नुन र नुनिलो जिनिस नखाने ।

-नियमित व्यायाम अर्थात् दैनिक आधादेखि १ घन्टा मर्निङ वाक गर्ने ।

-मुटु रोगीका लागी बिश्राम अत्यावश्यक छ । रातीको खाना पचिसकेपछि मात्रै सुत्ने बानी बसाल्नुपर्छ ।

-दिउसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति अबेर सुत्नु मुटुरोगीका लागि हितमा हुँदैन ।

-तनावरहित जिन्दगी जिउन सक्नुपर्छ ।

-जिबनमा अति महत्वकांक्षा राख्नु हुँदैन ।

-नाम, दाम र शक्तिका पछाडि मरीहत्ते गर्ने बानी मुटुका लागि राम्रो होइन । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!