कपाल बाँधेर कि खोलेर सुत्ने ? जान्नुहोस्

Posted on: 14 May, 2019

रातमा कपाल बाधेर सुत्नु फाइदाजनक हुन्छ । किनकी कपाल खोलेर सुत्दा कपाल कमजोर हुने गर्छ । परिणामस्वरुप कपाल झर्ने हुँदा कपाल बाधेर सुत्नु नै बढी फाइदाजनक मानिन्छ । यसले कपाल झर्ने समस्या कम हुने गर्छ ।

कपाल बाँधेर सुत्दाको फाइदा

रुखोपना हट्छ

विशेषगरी, राती सुत्दा पप्रयोग गरिने तकियाले कपालको नरमपना तथा प्राकृतिक तेल सोस्ने गर्छ,  जसले गर्दा कपाल रुखो हुनुका साथै सुख्खा हुने गर्छ । परिणामस्वरुप, कपाल र्झने हुदाँ कपाल बाधेर सुत्नु नै उचित हुन्छ ।

कपाल सिल्की हुन्छ 

कसैलाई सिल्की कपाल चाहिन्छ भने राती सुत्नु भन्दा पहिले कपालमा हेयर मास्क लगाएर सावर क्याप पहिरिनु पर्छ । विहानीपख माइल्ड स्याम्पूले कपाल धुनाले कपाल सिल्की र साइनी बन्छ ।

कपाल टुक्रने डर हुँदैन

कपाल बाध्नाले कपालमा लट्टा पर्दैन , जसले गर्दा कपाल टुक्रने डर पनि हुँदैन । यसबाहेक, सुतीको तकियाको खोलको प्रयोग कपाल सुख्खा हुने गर्दछ । यसबाट बच्न तकियाको खोल सिल्कको प्रयोग गर्नु पर्दछ ।

कपाल स्वस्थ हुन्छ

स्वस्थ कपाल चाहिन्छ भने भिजेको कपाललाई कहिल्यै पनि बाधेर सुत्नु हुँदैन । बरु कपाललाई ड्रायरले सुकाएर हल्का किसिमले बाध्नु पर्छ । यसले कपाल टुक्रने जोखिम ८० प्रतिशतसम्म कम हुने गर्छ ।

कपालमा कर्ल बस्छ

कर्ली हेयरको सौख राख्ने व्यक्तिले कपाल जुरो बनाएर सुत्नु उपर्युक्त हुन्छ । जसले गर्दा विहानसम्ममा कपाली कर्ली भइसक्छ ।

 कपाल बाध्ने तरीका 

-सिधा कपाल हुनेले हल्का चुल्ठो बनाउने । यसले विहान सम्म पनि कपालमा लट्टा पर्न दिदैन ।

-लामो कपाल भएमा जुरो बनाउन उचित हुन्छ । तर जुरो बनाउन यो ध्यानमा राख्न जरुरी छ कि कपाल धेरै नतन्कियोस् ।

-घुम्रेको कपाल हुनेले साइड वा पछाडी पट्टी जुरो बनाएर सुत्नु पर्छ । यसले सुत्नमा कुनै समस्या हुँदैन । र, कपालको आकार पनि विहानसम्म सही अवस्थामा रहन्छ । एजेन्सीबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!