के तपाई स्वस्थ र फिट रहन चाहानु हुन्छ ? त्यसो भए यिकुरा अपनाउनुहोस्

Posted on: 14 Jul, 2019

  असार २९, एजेन्सी | मानिसलाई सधै स्वस्थ र फिट रहनको लागि स्वस्थ खानपान र दैनिक व्यायामको आबस्यकता पर्दछ | अन्तराष्टिय एक नया अध्ययन अनुसार शारीरिक कसरतको रुपमा दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ ।

 मधुमेह , मोटोपना मानसिक रोग तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहनको लागि  दैनिक दुई घण्टा उभिने बानि बसाल्नु पर्ने अध्यनले देखाएको छ | विभिन्न कार्यालयमा लामोसमय सम्म कुर्चीमा बसेर कामगर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ । 

दैनिक कम्तिमा दुई घण्टा र बिस्तारै बढाएर तिन देखि चार घण्टा उभिनाले स्वस्थ र फिट रहन सकिने अध्ययले देकाएको छ | धरै मानिसहरु बसीबसी काम गर्ने बानीले अस्वस्थता र विभिन्न रोगका सिकार बन्ने गरेको पाईएको छ | दिनहु मानिसलाई स्वस्थ रहनको लागि ब्याम र आरामको साथै सरल र सहज उपाय दैनिक उभिने बानीले फिटनेस र स्वस्थ बनाउने अध्यनले बताएको छ | 

उभिने कार्यलाई सघाउने गरी कार्यलयको बनावट मिलाउनुपर्ने अध्ययनले सुझाव दिएको छ । अध्ययन अनुसार कार्यालयको कुल समयभर करीब ७० देखी ८० प्रतिशत मानिसहरु बसी बसी काम गर्ने वा बसेर वित्ने देखिएको छ । यसले गर्दा कर्मचारीहरु छिटै शारीरिक तथा मानसिक रोगी हुने गरेको पाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!