के पाठेघर झिकिएकी महिलासँग यौनसम्पर्क राख्न हुँदैन ? किन ? यस्तो छ कारण

Posted on: 26 Jul, 2019

साउन १०, काठमाडौँ  | कतिपयलाई जिज्ञासा हुन सक्छ पाठेघर झिकिएकी महिलाहरु सँग यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन अथवा यौन सम्पर्क राख्दा केहि समस्या आउन सक्छ कि भन्ने भ्रम लाई यस्तो भन्छन,  चिकित्सकहरु  महिलाको पाठेघर झिकिएको भए पनि योनिमार्ग भने झिकिएको हुँदैन त्यसकारण यौनसम्पर्क गर्न हुन्छ |  तर आङ खसेर योनिमार्गबाट पाठेघर झिकिएको अवस्थामा योनिमार्ग सानो हुन सक्छ। त्यस्तो अवस्थामा यौनसम्पर्क गार्‍हो वा पीडादायक हुन सक्दछ | र सामान्यतया अरु अबस्थामा शल्यक्रिया गरेर पाठेघर झिकिए पनि यौनसम्पर्क गर्न मिल्ने र सामान्य हुन्छ |

महिलाको अप्रेसन गर्दाखेरी पाठेघरसँगै अण्डाशयहरू पनि झिकेको अवस्थामा वा पाठेघर झिकेको धेरै समयपछि कसै–कसैमा यौनसम्पर्क गर्दा चिप्लोपन कम भई यौन सम्पर्क पीडादायक हुन सक्छ भन्ने चिकित्सकहरुको भनाई रहेको छ | तर पनि यसको उपचार गर्न सकिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!