कस्तो अबस्थामा गर्भ रहन्छ ? गर्भ रहन नदिन के गर्ने ?

Posted on: 28 Jul, 2019

यौन सम्पर्क राख्दा वीर्य स्खलन हुनुअघि नै केही मात्रामा रहेको सुक्रकीट योनिमार्गमा रह्यो भने पनि गर्भ रहन सक्छ ? यस्तो अवस्थामा गर्भ रहन नदिन के गर्नुपर्छ ? धेरैलाई जिज्ञासा हुन सक्छ |

गर्भधारणका लागि एउटा शुक्रकिट चाहिन्छ तर एकपटकको वीर्य स्खलनमा लाखौ शुक्रकीट निष्कासन हुन्छन् ।

कुनै–कुनै अवस्थामा वीर्य स्खलनभन्दा अघि पनि केही मात्रामा वीर्य निष्कासन हुन्छ र त्यसमा सुक्रकिट रहने भएकाले गर्भ रहन सक्ने सम्भावना रहन सक्छ |

गर्भ रहन नदिन कन्डम वा परिवार नियोजनको कुनै अन्य साधन प्रयोग गर्नुपर्छ।

कुनै साधन प्रयोग नगरेको आकस्मिक गर्भनिरोधक चक्कि जस्तै : आईपिल्स, ईकोन, ७२ घण्टे चक्कि प्रयोग गर्न सकिन्छ, तर यस्ता आकस्मिक गर्भनिरोधक चक्कीले यौनरोगहरूबाट जोगाउँदैनन् र पटक–पटक प्रयोग गर्दा महिनावारीमा समेत समस्या सिर्जना हुनसक्छ।

त्यसैले तपाईंले नजिकको प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर उपयुक्त परिवार नियोजनको साधन रोज्नु उपयुक्त हुन्छ जसले गर्दा  गर्भधारण रहने समस्या हुदैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!