महिनावारीको दुखाइका कारण हरेक महिला वर्षमा ९ दिन काम गर्न सक्दैनन्

Posted on: 01 Aug, 2019

 एजेन्सी | महिलाहरुमा सामान्यताः महिनावारी भएको समयमा तल्लो पेटमा दुखाइ हुनु सामान्य नै मानिन्छ । तर, कुनै महिलालाई हरेक महिना महिनावारी भएको समयमा अत्यधिक दुखाइ हुन्छ भने कुनै महिलाहरु महिनावारीको समयमा दुखाई र रगत बगेको कारण ओछ्यानमा नै पर्छन् । 

अन्तराष्टिय अनुसन्धानकर्ताहरुले भर्खरै  गरेको एउटा अनुसन्धानबाट महिनावारीको समयमा आउने विभिन्न समस्याका कारण हरेक महिलाले वर्षमा ९ दिन काम गर्न नसक्ने खुलेको छ । अध्ययनमा सामेल भएका महिलाहरुको मेन्स्ट्रुअल साइकिलको पूरा जानकारी मागिएको थियो । र उनीहरुलाई महिनावारीको समयमा देखिने गम्भीर लक्षण र महिनावारीमा हुने दुखाइका कारण अपिस जान नसकेको घटनाको बारेमा सवाल–जवाफ गरेका थिए । ति महिलाहरुले महिनावारीको समयमा अफिस जान नसकेको स्वीकार गरेकी छन्  |

उक्त अध्ययनमा केहि महिलाहरुले महिनावारीको समयमा दुखाइको बाबजुद पनि अफिस जाने गरेको बताए । तर जुन महिला महिनावारीको दुखाइ लिएर नै अफिस जाने गर्छन् उनीहरुले गर्ने कामको प्रतिफल कम हुने पाइएको छ । महिनावारीमा काम गर्ने महिलाले गर्ने कामको प्रतिफल ३३ प्रतिशत कम पाइएको छ । जुन हरेक वर्षमा ९ दिन काम गर्न नसक्नु बराबर हुन आउँछ ।

अध्ययन अनसार २१ वर्ष भन्दा कम उमेरका ३ प्रतिशत महिलाले महिनावारी भएको समयमा छुट्टी लिने गरेको पाइएको छ  |

अध्ययनमा सामेल भएका ७० प्रतिशत महिलाहरुले महिनावारीको समयमा आराम भइदियोस् भन्ने इच्छा व्यक्त गरे । सन् २०१६ मा लण्डन युनिभर्सिटी कलेजका एकजना प्रोफेसरले महिनावारीको दुखाइ हृदयघातजस्तै खतरनाहक हुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!