तपाईंको हातको औंलाहरुको आकार कस्तो छ ?

Posted on: 12 Aug, 2019

आफ्नो औंलाको आकार कस्तो छ ? 

१) तपाइको औंला १ नम्बरको जस्तै छ ? त्यसो भए तपाइ थप आकर्षक हुनुहुन्छ । यस्ता मानिसहरु कुनै अवस्थामा पनि आफैसँग कुरा गरिरहेका हुन्छन । तपाईं कहिलेकाहीं निकै आक्रामक बन्नुहुन्छ । तपाईं धेरै प्रतिस्पर्धी हुनुहुन्छ र खेल पजल समाधानमा संधै अरुभन्दा अगाडी हुनुहुन्छ । मानिसहरू प्राय सल्लाह लिन रुचाउँछन् । तपाई बुद्धिमानी र बौद्धिक हुनुहुन्छ र नयाँ कुरा सिक्ने मन तपाइँमा हुन्छ ।


२) तपाइको औंला २ नम्बरको जस्तै छ ? त्यसो भए तपाईं आफुमा निकै आत्मविश्वासी र दृढ संकल्प भएको व्यक्ति हुनुहुन्छ । जब तपाइँ कुनै काममा तल्लिन बन्नु हुन्छ तब त्तलाई तपाईलाई कसैको दवाब वा कसैले डिस्टर्ब गरेको मन पराउनुहुन्न । तपाई आफ्नो काम सम्पन्न गर्न तत्पर हुने दृढ संकल्प भएको व्यक्ति हुनुहुन्छ । तपाईं काममा विचलित हुन चाहनुहुन्न । तपाईं एउटा महत्वाकांक्षी र मेहनती हुनुहुन्छ । तपाईं मित्रहरुलाई मदत गर्ने र उनीहरुलाई बिश्वास गर्ने स्वभावको हुनुहुन्छ । कहिले काही यस्तै कारणले तपाइँलाई समस्या पर्न सक्छ । 

३) तपाइको औंला ३ नम्बरको जस्तै छ ? त्यसो भए तपाइँ शान्ति चाहनुहुन्छ । तपाई सकेसम्म द्वन्द्वबाट जोगिने प्रयास गर्नुहुन्छ । तपाईं साधारण, साझेदार र साथीहरूसँग आफ्नो सम्बन्ध स्थापित गर्न, संगठित हुन, शान्त बन्न र वफादार हुन चाहनुहुन्छ । तपाइँ मानिसहरुले सोचेको भन्दा फरक क्रियाकालाप गर्ने प्रकृतिको हुनुहुन्छ । त्यहि कारण तपाईलाई देखेर मानिसहरुलाई आश्चर्य लाग्न सक्छ । परिवार र साथीहरूले तपाईंबाट सुरक्षित महसुस गर्न सक्छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!