यस्ता छन् रीलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती

Posted on: 22 Aug, 2019

काठमाडौं  । मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव  दिनानुदिन बढ्दै गइरहेको छ ।  मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट सामाजिक सञ्जालकोमा शेयर गर्नमा नै व्यस्त रहन्छन् । 

 सामाजिक सञ्जालको प्रयोग मानिसहरु व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धीत र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ? 

 के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ । 

महंगो उपहार

तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ ।

ब्रेकअप

यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ ।

झै–झगडा

सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ । भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनको कुरा शेयर गर्नुपर्छ ।

व्यक्तिगत फोटो 

आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् । 

घुम्न जाने ठाउँको जानकारी 

यदि तपाईं छुट्टिमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् । एजेन्सी


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!