तपाई यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

Posted on: 31 Aug, 2019

यदि तपाई यौंन इच्छा बढाउन चाहानु हुन्छ भने निम्न खानेकुराहरु सधै प्रयोग गर्नुहोस 

१. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

२. पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।

३. भिन्डी :भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ ।

४. गान्टेमूला :यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । 

५.  ब्रोकाउली : यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ ।

६.  लसुन : लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।

७. गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।

८. प्याज: प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।

यसका साथसाथै खानामा बिशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो,, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!