धेरै खुशी हुनु मुटुका लागि खतरा !

Posted on: 03 Sep, 2019

भदौ १७, एजेन्सी । खुशी हुनु स्वास्थ्यको लागि फाइदाजनक नै मानिन्छ | तर अति धेरै खुसी हुनु मुटुको लागि भने खतरा हुने स्वस्थ्य अनुसन्धानकर्ताहरुले बताएका छन् । सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा प्रमोसन आदि जस्ता खुसीका पलमा बढी खुसी हुँदा पनि मुटुसम्बन्धी समस्या देखिन सक्ने चेतावनी बिज्ञहरुले दिएका हुन् । 

यो समस्यालाई ‘ह्याप्पी हार्ट सीन्ड्रम’ को संज्ञा दिइएको छ । परिवारको सदस्य गुमाउनु जस्ता दुखद पलले शरीरमा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्त्याउँछ जसले हार्ट अट्याक गरी मृत्युको मुखमा पुर्याउन सक्छ । ‘ब्रोकन हार्ट सिन्ड्रोम’ जस्तै गरी ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ पनि घातक हुन सक्ने बिज्ञहरुले बताएका छन् ।

एक अन्तराष्टिय अनुसन्धान अनुसार जसमा धेरै जसो मुटुको केसहरु, डर, तनाव, रिस आदिले निम्त्याएको पाइयो र एक अचम्मको कुरा २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, बिवाह, बच्चाको जन्म दिन आदि जस्ता पलमा अत्याधिक खुसी भएका कारणले हुने देखिएको पाइयो | डा. जेलेना भन्छन् ‘मुटुका अवस्था परिक्षण गर्दा अबदेखि यो समस्या खुसीको कारणले पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर गर्नु जरुरी देखिन्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!