स्तनमा हुने स्पर्सबाट महिलाले यसरी पाउछन यौन आनन्द

Posted on: 10 Sep, 2019

एजेन्सी । एक अनुसन्धानले स्तनको टुप्पो र योनी दुबै अंगबाट प्रसार हुने तरङ्ग मस्तिस्कको एउटै भागले ग्रहण गर्ने भएकाले महिलाहरुले यसबाट यौन आनन्द प्राप्त गर्ने गरेको तथ्य पत्ता लगाएको छ । 

एक अमेरिकन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्ने गर्दछ । योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने अनुसन्धानकर्ताहरुको दावी छ ।

त्यसैले महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्छन्, यसकालागि योनी र लिंगको मिलन आवश्यक पर्दैन । अनुसन्धानका क्रममा २३ देखि ५६ वर्षसम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन लगाइएको थियो । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो ।

त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!