अविस्मरणीय सुहागरातका लागि यसो गर्नुहोस

Posted on: 13 Sep, 2019

एजेन्सी | कौमार्य भ्रम मात्र : विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो। नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालार्ई परीक्षण गर्नु उफयुक्त हुँदैन। जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन सम्पर्कलार्ई कसरी खास बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ।

गुप्तांगको सफाइ :यौनमा स्वास्थ्यको अहम भूमिका हुन्छ। जोडीमध्ये कसैले पनि यो कुरामा लापर्वाही गर्नु हुँदैन। दुवैजनाले यौन सम्पर्क गर्नु अघि गुप्ताङ्गको सफाइ राम्रोसँग गर्नुपर्छ। स–साना गल्ती वा लापरवाहीका कारण गुप्ताङ्ग फोहोर भए त्यसले इन्फेक्सनको समस्या सिर्जना गर्छ।

उत्सुक बनाउने: सुहागरातका लागि साथीलार्ई कौतुहल बनाउन प्रयास गर्नुपर्छ। सेक्स अपिल भएको पहिरन लगाउने तथा ओछ्यान र कोठाको साज–सज्जामा विशेष ध्यान दिने कुरा बिर्सनु हुँदैन।

हतार नगर्ने:यौनसम्पर्कका लागि कसैले पनि हतार नगर्ने। जब दुवैजनामा उत्तिकै कौतुहलता हुन्छ तब मात्र सुहागरात शानदार हुन्छ। एक–अर्काले साथीलार्ई खुल्न कतिको सहज हुदै गएको छ र फिलिङ्स आएको छ/छैन ध्यान दिनुपर्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!