जनावर पनि सपना देख्छन्,सपना सम्बन्धि केहि तथ्यहरु जान्नुहोस

Posted on: 20 Sep, 2019

एजेन्सी | मानिसहरुले प्राय सुतेको अवस्थामा सपना देख्ने गर्छन | कुन सपनीको फल के हो अर्थात के देख्दा विपनीमा के हुन्छ भन्ने बारेमा सबैलाई जिज्ञासा हुन सक्छ | मानिसको दिमाग सुतेको अवस्थामा कसरी प्रोजेक्टर बन्छ | भन्ने कुराहरु सबै लाई थाहा नहुन सक्छ | यस्ता सपैमा देखिने केहि रोचक तथ्यहरु यस्ता छन् | 


१. प्राय बच्चाहरू तीन-चार वर्षको उमेरसम्म आफ्नो बारेमा सपना देख्दैनन् ।

२. निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।

३. एक सामान्यतया औषत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेरमात्रै बिताउँछ |

४. पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् |

५. मानिस उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।

६. मानिसले सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई देख्छ |

७. केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् ।

८.  तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न ।

९.  हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।

१०.  मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।

११.  जनावर पनि सपना देख्छन् ।

१२.  दृष्टिविहीन पनि सपना देख्छन् ।

१३. ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए।

१४. सपना देख्दा तपाईंको शरीर पक्षघातको अवस्थामा हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!