के तपाईलाई यौन रोगको समस्या त छैन ? महिलाहरुमा देखा पर्ने यौन रोगहरु यस्ता छन्

Posted on: 20 Sep, 2019

एजेन्सी | महिलामा पुरुषको भन्दा बढी यौन रोग लाग्ने सम्भावना हुने गर्द छ | यौन रोगको संक्रमण विशेष रुपमा गोप्य अंग चिलाउनु अर्थात  यूटीआई, गन्हाउनु, सेतो दाग देखिनु, सेतो पानी बग्नु, फङ्गस इन्फेक्शन आदि महिलामा देखिने यौनसंग सम्बन्धित रोगहरु हुन् ।

प्रायजसो महिलामा यौन रोग हुनुको कारण भनेको असुरक्षित यौनसम्पर्क गर्नु र यस बिषयमा जानकारी नहुनु पनि हो | महिलामा हुने केही यौन रोगहरु निम्न छन् |

१. क्लेमिडिया:महिलाहरुमा क्लमिडिया रोग क्लेमिडिया ट्रेकोमेटिस नामक जीवाणुबाट हुन्छ । यसका लक्षणहरु पिसाव फेर्दा पीडा हुनु,तल्लो पेट दुख्नु, भेजिना डिस्चार्ज, यौन सम्पर्कको बेला हुने पीडा, महिनावारीको समयमा धेरै रगत बग्नु,गोनोरिया (धातु रोग) आदि रहेका छन्  | जसका लक्षण यस्ता हुन्छन  योनीबाट रगत बगिरहनु, पिसाव फेर्दा पीडा हुनु,लामो समयसम्म रक्त श्राप हुनु, योनी चिलाइरहनु

२.स्केबीज:यो रोग यौन सम्बन्ध, एक-अर्काको सम्पर्कका कारण अथवा यो रोगको संक्रमित व्यक्तिको लुगा अथवा ओछ्यानको प्रयोगले पनि सर्न सक्छ । यसको लक्षणहरु नाडी तथा औंलाको बीचमा दाना आउनु र चिलाउनु,गुप्ताङ्गको वरिपरि चिलाएर साना-साना दाना निस्कनु आदि हुन् |

३.सिफिलिस: ट्रेपेनेमा पेलिडम सिफलिस भाइरस यस संक्रमणको मुख्य कारण हो । महिलाहरुमा यो संक्रमण महिलाको गोप्य अंगको बाहिरी भाग, सर्विक्स र गुद्वारमा हुन्छ । 

४.जेनिटल वार्ट:महिलामा देखिने यो रोग एचपीवी अथवा हृयूमन पेपिलोमा भाइरस हो । यस रोगमा महिलाको गोप्य अंगमा मुसा (छालामा निस्कने एक प्रकारको फोका) निस्कन्छ । जुन छालाको रंगको नै हुन्छ । यो चिलाउँछ तर छुँदा दुख्दैन । यसले एचपीवी अर्थात पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । यसका लक्षणाहरु योनीको माथिल्लो अथवा भित्रि भागमा सर्विक्स र एनसमा दाना निस्कनु,महीनावारी हुदा पीडा हुनु,योनी चिलाउनु,यौनसम्पर्कको समयमा रगत बग्नु,

५.जेनिटल हर्पीज: यो रोग संक्रमणले ग्रसित महिलालाई ज्वरो आउने, थकाइ लाग्ने र ढाडको तल्लो भागमा पीडा हुने र सुन्निने जस्ता समस्या हुन्छ । यो रोगलागेमा गुद्वार, योनी र अन्य क्षेत्रमा स-साना रातो दाना निस्कन्छ, यसको साथै योनी, तिर्घाको वरपर चिलाउनु अथवा दुख्ने हुन्छ ।

६.ब्याक्टेरियल भेजिनोसिस: महिलाको योनी जीवाणु बढ्न थाल्छ, ब्याक्टेरियल भेजिनोसिसको समस्या बढ्न थाल्छ । यो रोगले ग्रसित महिलामा कुनै प्रकारको लक्षण देखिँदैन । यसका जीवाणुहरु बढ्दा कुनै किसिमको नोक्सान नहुने भएकोले यसका लक्षणहरु नदेखिएका हुन् । योनिबाट सेतो पानी अथवा पहेंलो पानी बग्नु,अत्याधिक गन्हाउनु,पीसाव फेर्दा पीडा हुनु,योनीको बाहिरी भागमा चिलाउनु,रातो दाग बस्नु र सुन्निनु,

७.केन्डिडा: यो एक किसिमको यिस्टको संक्रमण हो । यो संक्रमणमा पनि प्रारम्भमा कुनै लक्षण देखिंदैन । यसका केहि लक्ष्ँणहरु योनीको वरिपरी पोल्नु,योनी चिलाउनु,रातो हुनु र सुन्निनु,योनीबाट गाढा गन्हाउने तरल पदार्थ बग्नु, पीसाव फेर्दा र यौनसम्पर्क राख्दा पिडा हुनु,

८.वाटर वाट:यो संक्रमण भाइरसको कारण हुन्छ र छालामा नराम्रो असर गर्छ । पानी भरिएको सानो फोका योनी, गुद्वार,तिर्घामा देखिनु यसका लक्षण हुन् |

९.एक्टोपेरासिटिक: यो संक्रमण साना परजीवी किरा अथवा जुम्राहरुका कारण हुने गर्छ । यसले कपाल र छालालाई प्रभावित गर्छ । योनी धेरै चिलाउनु र शरीरमा स-साना फोकाहरु देखिनु,इम्यूनोडेफिशियेन्सी भाइरस  यसका लक्षण हुन् |

१०.(एचआइभी):एड्सको कारण उत्पन्न हुने भाइरसलाई एचआईभी भनिन्छ । यो रगत, योनी,स्तनको दुधको माध्यमबाट सर्न सक्छ । मन्द ज्वरो आउनु,थकाइ लाग्नु,मांसपेशी दुख्नु,वजन घट्नु आदि यसका लक्षण हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!