कुन अंगमा कोठी भएकाहरु कस्ता स्वभावका हुन्छन ? जान्नुहोस

Posted on: 23 Sep, 2019

एजेन्सी | मानिसहरुमा हुने कोठीका बारेमा आ-आफ्नै मान्यता र बिस्वास रहेका छन् | केहि मानिसहरुले शरीरका बिभिन्न भागमा रहेका कोठीका बारेमा अ-आफ्नै टिप्पणी गरे पनि भाग्य संग पनि तुलना गरेर बताउने गरेको पाइन्छ | तर पनि हाम्रो मान्यता अनुसार शरीरमा आउने कोठीले कस्तो प्रभाव पार्छ भन्ने बारेमा जान्नुहोस् | 

मानिसको दाहिने गालामा कोठी भएकाहरु भाग्यमानी हुन्छन भन्ने बिश्वाश गरिन्छ | मानिसको आखाबाट आशु झरेको स्थानमा कोठीभएकाहरु भाग्यमानि नहुने ज्योतिषको भनाई छ | बायाँ आखाँको ढकनीमा कोठी हुने वैवाहिक जीवन सुखुमय हुने भन्ने मानेता रहेको छ | त्यस्तै निधारमा कोठी भएकाहरुलाई बलवान भएका भन्ने गरिएको छ | पुरुषहरुको चिउँडोमा कोठी भएकाहरु श्रीमतीलाइ धेरै प्रेम गर्ने बिश्वास रहेको छ | गालामा कोठी भएका मानिसहरु धनी, वाँया गालामा कोठीभएकाहरु धेरै खर्चालु हुने  मान्यता छ |

ओठमा कोठी भएकाहरु यौनका पिपाशु हुने, नाकमा कोठी भएकाहरु फिरन्ते र कानमा कोठी भएकाहरुक आयु छोटो हुने भन्ने बिश्वाश गरिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!