बेला–बेला टाउको दुखिरहन्छ ? त्यसो हो भने अपनाउनुहोस् यी उपायहरु

Posted on: 27 Sep, 2019

 बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, आधा टाउको दुख्ने,वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।

-अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।

-दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।

- कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने ।

-कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने 

-चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।

-गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।

भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने । चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने


यस बिषयमा तपाइको प्रतिक्रिया...!