भुलेर पनि नछुनुस आफ्नै शरीरका यी अंगहरु, खतरानाक ..

Posted on: 06 Nov, 2019

एजेन्सी | मानिसको शरीरका विभिन्न अंगहरु हुन्छन जसमा छुदा अर्थात् हात लगाउदा मानिसमा रोगको संक्रमण हुन सक्छ | एक अध्यनका अनुसार अति आवश्यक काम बाहेक आफ्नै शरीरका अंगहरु पनि छुनु हुदैन |

१. कान : मानव शरीरको संबेदनशील अंग हो कान | जसमा औँला वा अरू वस्तुले पटक–पटक घोच्नुहुँदैन । डाक्टरका अनुसार कानमा औँला अथवा अन्य चिजले घोच्दा कानको जाली फाट्न सक्ने सम्भावना हुन्छ | 

२. अनुहार : अनुहारमा सफा गर्दा र क्रिम लगाउदा बाहेक अनुहारमा हात लगाउनु हुदैन | हातलाई जस्तोसुकै ठाउँमा पनि राख्न सकिन्छ, त्यसैले हातमा रोगका जीवाणु सर्छन् । त्यस्तो हातले पटक–पटक अनुहार छुँदा बिरामी हुने र थकान बढ्ने समस्या हुन सक्छ |

३. नितम्ब : नितम्बमा पटक–पटक छुँदा खराब व्याक्टेरियाका कारण समस्या सिर्जना हुन्छ । यदि नितम्बलाई छुन आवश्यक परेमा पहिले राम्रोसँग हात धुन जरुरी छ ।

४आँखा : आँखामा कसिंगर परेको अवस्था या सफा गर्ने समयबाहेक हात राख्ने गर्नुहुँदैन । आँखामा पटक–पटक छुँदा रोगका जीवाणु प्रवेश गर्छन् । जसले आँखामा इन्फेक्सन हुने खतरा हुन्छ । आँखालाई मिच्ने पनि गर्नुहुँदैन ।

५. मुख :मुखमा औँला राख्ने बानी पनि गर्नुहुँदैन । एउटा रिसर्चले भनेको छ कि एक घन्टाको समयमा मानिसले औसत २३ दशमलव ६ पटक औँला मुखमा राख्ने गर्छन् । व्यस्त समयमा पनि ६ दशमल ३ पटक मुखमा औँला राख्ने मान्छेको बानी हुन्छ । तर, यसो गर्दा मानिसमा एकतिहाइ रोगको संक्रमण प्रवेश हुने अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार मानिसको हातमा ब्याक्टेरिया हुन सक्छ हात जस्तो सुकै ठाउमा पनि लाग्न सक्ने भएकाले यसलाई सफा गरेर मात्र शरीरका अन्य अंगहरुमा छुनु पर्दछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!