होसियार ! मह खानुका खतरा यस्ता छन्

Posted on: 07 Nov, 2019

एजेन्सी | महले स्वास्थ्यका लागि फाइदा मात्र गर्दैन यसको सेवनले शरीरमा फुर्तिलो महशुस गर्छ | संगसंगै यसको प्रयोगमा सावधानी अपनाउनु जरुरी छ | किनकि गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ |


जानकारहरुका अनुसार मह खानुका खतराहरु यस्ता छन् :

१.मह अलि गरम वस्तु भएकाले यसलाई तातो खाना खानासँगै खाँदा झाडापखाला हुन सक्छ |

२. चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ । यसले एक किसिमको छटपटी उत्पन्न गर्न सक्छ |

३. महसँगै मुला खानुहुँदैन । यसले शरीरमा टाक्सिन बन्न थाल्छ । 

४. माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ । यसले शरीरमा नराम्रो असर गर्छ ।

५. घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन । यो शरीरका लागि बिष साबित हुन सक्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!