होसियार ! एक पटक चुम्बन गर्दा सर्छन करोडौं ब्याक्टेरीया

Posted on: 08 Nov, 2019

एजेन्सी | सामान्यतया सुन्दा अचम्म लाग्न सक्छ मानिसलाई | शारीरिक सम्पर्क गर्दा होस या कुनै पनि समयमा हरेक पुरुष र महिलाले आफ्ना साथिसंग चुम्बन गर्न चाहन्छन | अन्तर्राष्ट्रिय एक अध्ययनका अनुसार चुम्बनले एक पटक चुम्मन गर्दा नै करोडौं ब्याक्टेरीया मुखबाट प्रवेश गर्छ |


अध्ययनका अनुसार १० सेकेन्ड चुम्बन गर्दा आठ करोड ब्याक्टेरीया दुबै जनाको मुखमा प्रवेश गर्छन | एक अन्तर्राष्टिय अध्ययनमा महिला र पुरुषलाई एक दिनमा ९ चोटि चुम्बन गर्न लगाएको थियो जसमा मानिसको मुखमा एक पटकमा ७ सय ब्याक्टेरिया प्रवेश गर्ने तिनीहरु अत्यन्तै छिटो सक्रिय हुने अध्ययनले देखाएकोछ | नेदरल्यान्ड अर्गनाइजेशन फर एप्लाइड रिसर्च (टिएनओ) को एक टोलीले जोडले चुम्बन गर्ने बानीसँग सम्बन्धित प्रश्न पनि सोधेका थिए । अध्ययनमा सहभागिहरुलाई दिनमा कति पटक चुम्बन गर्ने गरिएको छ र अन्तिम पटक लिप किस कहिले गरेका थिए भनेर सोधिएको थियो । त्यसपछि एक जोडीलाई प्रोबायोटिक ड्रिंक पिउन दिइएको थियो, जसको मद्दतले  ब्याक्टेरीयाको पहिचान सजिलै गर्न सकिन्थ्यो ।


त्यसपछि जोडीको दोस्रो चुम्बनको क्रममा अर्को जोडीको मुखमा कति ब्याक्टेरीया मुखमा जान्छ भनेर पनि वैज्ञानिकहरुले पत्ता लगाएका थिए । वैज्ञानिकका अनुसार एकदेखि दश सेकेन्डमा चुम्बन गर्दा आठ करोड ब्याक्टेरीया एक अर्काको मुखमा प्रवेश गर्छ । टोलीका प्रमुख प्रोफेसर रेमको कोर्टका अनुसार फ्रेन्च चुम्बनका बेला ब्याक्टेरीया बढी तिव्र हुन्छ र अत्यधिक मात्रामा एकअर्काको मुखमा प्रवेश गर्छ ।  सो अध्ययनको माध्यमले ब्याक्टेरीयासँग सम्बन्धित समस्याको उपचार पत्ता लगाउनमा मद्दत मिल्ले आशा गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!