होसियार ! जाडोमा हुन् सक्छ हृदयघात, एक महिनाअघि शरीरले दिन थाल्छ यस्ता संकेत

Posted on: 17 Dec, 2019

एजेन्सी | हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ | जाडो समयमा ह्रदय घातको उच्च जोखिम रहने चिकित्सकहरु बताउछन | यो जतिखेर पनि जहाँ पनि हुनसक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ |


बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ | ह्रदयघात हुनुभन्दा अगाडी शरीरले दिन थाल्छ यस्ता संकेत:-

१.अन्य भागमा पीडा :छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो।

२.सास लिन अप्ठ्यारो:सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ।

३.पाचनतन्त्रमा गडबडी:पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ।

४.आत्तिने:लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ।

६.अत्यधिक पसिना:कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो।

७.गोडा फुल्ने:मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन्। यो फुल्नु भनेको हृदयघातको लक्षण हो।

८.ढुकढुकी बढ्नु:धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!