तपाई जिन्स लगाउँनु हुन्छ ? ध्यान दिनुस यी कुराहरु

Posted on: 27 Dec, 2019

काठमाडौँ | नयाँ संस्कृती र सस्कार अनुसार सबैको रोजाइमा पर्न सफल लुगा हो जिन्स | हामीले शरीरलाई न्यानो राख्न होस् या अन्य समयमा पनि सजिलो र सहज हुने भएकाले जिन्स प्रयोग गर्छौं | तपाइँ पनि जिन्स लगाउनु हुन्छ ? ध्यान दिनुहोस यी कुरामा:

१.आकर्षक देखिने भएकाले जिन्स सबैको रोजाइमा पर्छ

२. धेरैजसोले टाइट जिन्स लगाउँछन्। टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ। 

३. टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गै तिघ्रामा पीडा हुन सक्छ । 

४.टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्छ । 

५. लामो समयसम्म टाइट जिन्स लगाएर हिँडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ ।

 जिन्स खरिद गर्दा बजारमा थुप्रै प्रहारका जिन्स पाइन्छन | दुई दर्जनभन्दा बढी जिन्सका ब्रान्ड छन् | यस्ता जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनु राम्रो हुन्छ | स्वास्थ्यका लागि टिपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने किसिमको जिन्स खरिद गर्नुपर्छ |

जिन्स किन्दा रंगमा ध्यान दिनुपर्छ | काममा जाँदा गाढा रंग तथा घुम्न जाँदा हल्का रंगको जिन्स लगाउनु उपयुक्त मानिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!