तपाईको पर्स पछाडिको खल्तीमा राख्ने बानि त छैन ? लाग्न सक्छन् यस्ता रोग

Posted on: 01 Jan, 2020

एजेन्सी | मानिसले पर्स प्राय पछाडिको खल्तीमा राख्ने गरेका हुन्छन | यो बानीले रोगको सिकार बनाउँछ | त्यसकारण यो बानीलाई हटाउनु जरुरी छ | पर्समा पैसा मात्र नभई अन्य सामानहरु विभिन्न कार्ड, सिक्का, आइडी पनि राख्ने गर्छौं |

जसले गर्दा पर्स मोटो हुन्छ | जसले गर्दा शरीरको ब्यालेन्स नै बिगार्ने सम्भावना हुन्छ | पछाडी पर्स राख्ने मानिसलाई हुनसक्छ यस्तो रोगको सम्भावना :

१.साइटीका रोगको सम्भावनाः जब मानिसले पछाडिको खल्तीमा पर्स राखे पछि कम्मरमा दवाब दिन्छ | कम्मरबाटै साइटिक नसा फैलने भएकाले यसको दबाबका कारण तपाईंको कम्मर दुख्ने सम्भावना अधिक हुन्छ । यसले तपाईंको हिप ज्वाइन्ट्समा हुने पिरिफर्म मसल्समा पनि दबाब पर्ने गर्दछ |

२.रक्त संचारमा बाधा पुग्नेः शरीरमा नशाको जालो छ जसले एउटा अंगलाई अर्को अंगसँग जोड्छ | कुनै नशा यस्तो पनि हुन्छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ | मोटो पर्स राखेर बस्दा यी नसामा दबाब हुन् गई र्क्त्संचार्मा बाधा हुन्छ र लामो समय सम्म रहँदा नसा समेत सुन्निन सक्छ |

३. मेरुदण्डको हड्डीमा समस्या : पछाडी पर्स राख्दा शरीरको ब्यालेस्न्स खराब हुन् गइ व्यक्ति सीधा बस्न सक्दैन | जसले हड्डीलाई खराब बनाउँछ भने स्पाइनल जोइन्ट्स, मसल्स र डिस्कमा पिडा हुन्छ | यसले राम्रोसँग काम गर्न पाउँदैन जसका कारण बिस्तारै मेरुदण्डसम्बन्धि रोग लाग्ने गर्छ । 

४.फोर्मिस सिन्ड्रोमको खतरा बढ्नेः पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा तपाईंलाई पायरी फोर्मिस सिन्ड्रोम नामको रोग लाग्ने खतरा बढुछ । यस्तो रोग लागेपछि बिरामीलाई असह्य पीडा हुन्छ । पर्स राखेर घण्टौं बस्दा पायरी फोर्मिस मसल्समा दबाब पर्ने हुँदा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!