स्वास्थ्यको लागि बरदान भन्दा कम छैन अमलाको जुस, यस्ता हुन्छन् ८ फाइदा

Posted on: 04 Sep, 2020

टिप्स | अमलालाई पोशाक तत्वको राजा मान्ने गरिन्छ । अमलामा ति सबै जरूरी मिनिरल्स र भिटामिन पाइन्छ जुनले शरीरलाई स्वस्थ मात्र नराखी कयौं तरिकाको रोगबाट पनि बचाउने काम गर्छ । अमलालाई डाइटको रुपमा कयौं तरिकाले समावेश गर्न सकिन्छ । तपाइँ अमलालाई काचै पनि खान सक्नुहुन्छ, यसको जूस पिउन सक्नुहुन्छ वा अचार वा जाम बनाएर पनि खान सकिन्छ । अमलाले तपाइँलाई फाइदा पुर्याउँछ । 


भरपूर मात्रामा पान्छ भिटामिन  

अमलामा प्रयाप्त मात्रामा भिटामिन सि पाइन्छ, जसले प्रतिरक्षा र मेटाबलिज्म बढाउने काम गर्छ । अमलाले रुघाखोकी, कफ जम्नेको अलावा शरीरमा भाइरल र ब्याक्टेरियल इन्फेक्शन फैलाउन दिदैन । अमलामा यस्तो तत्व पनि पाइन्छ जुन क्यान्सर सेल्सबाट लड्न काम गर्छ । आयुर्वेदका अनुसार, अमलाको जूसले शरीरका सबै प्रक्रियालाई सन्तुलित गर्दछ । 

मुखको छालामा उपयोगी 

स्वास्थ्य विज्ञका अनुसार, अमलाको रस सेवनले रुघा-खोकीको साथै मुखको छालाको लागि पनि निकै फाइदादायक हुन्छ । अमलालाई एक महत्वपूर्ण घरेलू उपायको तरिकाले प्रयोग गर्न सकिन्छ । दुई चम्चा अमलाको जुसमा दुई चम्चा मह मिलाएर दैनिक पिउनाले सर्दी र खोकी निको पार्नमा मद्दत मिल्छ । मुख भीत्रको घाउको समस्याबाट छुटकारा पाउनको लागि अमलाको जुस पानीमा घोलेर पिउदा तथा कुल्ला गर्दा फाइदाजनक हुन्छ । 

कोलेस्ट्रोलको स्तर सही हुन्छ 

अमलाले कोलेस्ट्रोललाई सहि राख्छ । नियमित रूपमा अमलाको जुस पिउनाले कोलेस्ट्रोलको स्तर कम हुन्छ र शरीर स्वस्थ रहन्छ । यसमा पाइने एमिनो एसिड र एन्टीअक्सिडेन्टको कारणले मुटुले राम्ररी काम गर्छ । 


अस्थमा सही राख्छ 

अमला स्वासप्रस्वासको रोगिहरुको लागि फाइदाजनक हुन्छ । अस्थमालाई सही राख्न डाईबिटीजलाई पनि कन्ट्रोल गर्दछ । अमलाको सेवनले पाचनप्रणालीलाई पनि राम्रो बनाउदछ ।

मृगौला स्वस्थ राख्छ

अमलाले मृगौलालाई सुरक्षित राख्दछ । अमलामा मृगौलालाई सुरक्षित राख्ने सबै तत्व पाइन्छ । यसले शरीरबाट सबै विषाक्त पदार्थलाई बाहर निकाल्दछ । 

न्युट्रेसन  ड्रिंकको रुपमा सेवन गर्न सकिन्छ 

भिटामिन सीको अलावा अमलामा आईरन, क्याल्शियम र फोस्फोरस पनि काफी मात्रामा पाइन्छ र यसलाई एक न्युट्रेसन  ड्रिंक पनि पाइन्छ । 

कपाललाई पुर्याउँछ फाइदा 

अमलाले कपाललाई पनि फाइदा पुर्याउँछ । हाम्रो कपालको संरचनालाई राम्रो बनाउन ९९ प्रतिशत प्रोटीनको योगदान हुन्छ । अम्लामा पाइने एमीनो एसिड र प्रोटीनले कपाल बढ्न मद्धत गर्छ,  साथै कपाल झर्न पनि मद्धत दिन्छ ।


अमलाबाट गर्नुहोस स्किन ट्रीटमेन्ट

अनुहारमा भएको दाग-धब्वा हटाउन अमलाको सहयोग लिन सकिन्छ । अमलाको जुस पिउनाले स्किन ट्रीटमेन्टको काम गर्छ । अमलाको रस रूई (कपास) मा भिजाएर लगाउँदा अनुहारको दाग-धब्बा हट्छ र अनुहारमा चमकता बढाउन सकिन्छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!