प्र.जि.अ. आचार्यले भने 'जिल्लाका साझा समस्यामा सबैसँग सहकार्य गर्दै अघि बढ्छु'

Posted on: 08 May, 2018

कमल रावल/बैशाख २५ अछाम। अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जिल्लाका साझा समस्यामा सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भएको छ । 


अछाममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी प्रमुख डिएसपि रुकेश तण्ड्कार र सहायक प्रमुख जिल्ला अधिकारी सितल रावल नयाँ सरुवा भएर आएपछी जिल्लाका संञ्चारकर्मिसँग परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले सो कुरा बताउनु भएको हो । 

जिल्लामा बिकास निर्माणमा ढिलाई, विद्युत सेवा अबरुद्ध, मदिराको समस्या मुख्य समस्याको रुपमा रहेको संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । सबै समस्या समाधानका लागि प्रशासन एक्लै केहि गर्न नसक्ने भएकाले सबैले साथ दिनु पर्नेमा उहाँले जोड् दिनु भएको थियो । अछाम दरबारको पुन निर्माणको कार्यलाई अगाडी बढाउनका लागि ठेकेदारसँग छलफल गरि काम सुचारु गराउन पहल गर्ने बताउनु भयो । 

जिल्लाको अब्यस्थित मदिरा बिक्रिवितरण र सेवन कार्यलाई ब्यबस्थित गर्दै लैजानका लागि अछामका १० वटै स्थानिय तहका प्रमुखसँग छलफल गरि अघि बढ्ने बताएका थिए । आफ्नो कार्यकालमा नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रदान गर्न तल्लीन रहने जानकारी गराएका थिए । 

परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरिक्षक रुकेश तण्डुकारले प्रहरी नागरिककै साथमा रहेकाले शान्ति सुरक्षामा कुनै कमि हुन नदिने बताउनु भयो । मदिरा ब्यबस्थित गर्नका लागि नागरिक, स्थानिय सरकारको त्यतिकै साथको आवश्यकता भएकाले आफ्नो कार्यलाय त्यसको नेतृत्व लिन तयार रहेको जानकारी गराएका थिए । छलफलमा कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण संञ्चारकर्मिको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!