प्रहरी बर्दी र नागरिक बर्दी बिनाको प्रहरीको साथि होः डिएसपि तण्डुकार

Posted on: 15 Jun, 2018

कमल रावल, असार १, अछाम । अछामका प्रहरी प्रमुख डिएसपि रुकेश तण्डुकारले प्रहरीले गर्ने हरेक क्रियाकलापमा संञ्चारकर्मिको महत्वपुर्ण साथको आवश्यकता रहेको बताउनु भयो । अछामका संञ्चारकर्मिसँग जिल्लामा प्रहरी कार्यालय मार्फत संञ्चालन हुने कार्यक्रमको बारेमा जानकारी गराउदै जुन सुकै कार्यमा पनी प्रहरी एक्लै सफल हुन नसक्ने भएकाले सबैको साथको आवश्यकता रहेको बताउनु भयो ।


प्रहरी बर्दी र नागरिक बर्दी बिनाको प्रहरी भएकाले समुन्नत समाज निर्माणका लागि सबैको साथको आवश्यकता रहेको बताउनु भयो । जिल्लाको अब्यस्थित मदिरा, महिनावारि बार्ने कुप्रथा, महिला हिंसा लगाएतका घ्टना प्रमुख भईरहेकाले यसको अन्त्यका लागि स्थानिय सरकार योजनाका साथ अघि बढे आफ्नो टोलि राती दिन खट्न प्रतिबद्ध रहेको बताउनु भयो ।


अब अछाममा टोल टोलमा प्रहरी अभियान अन्र्तगत सदरमुकाम मंगलसेन नगरपालीका बाट कामको थालनी गरिने बताउनु भयो । १ वडाको ३ वटा टोलमा आवश्यकताका आधारमा विभिन्न सचेतीकरणका कार्यक्रम गरिने जानकारी गराउनु भएको थियो । प्रहरीले सबै क्षेत्रबाट सकारात्मक साथको आवश्यकता गरेकाले त्यही अनुसार सहयोग गरिदिनु उहाँले आग्रह पनी गर्नु भयो ।

नागरिकलाई सुसुचित सहीत सुचना आदानप्रदान गर्नका लागि आफ्नो कार्यालयले दिन मिल्ने सुचना संञ्चारकर्मिलाई जुन बेला पनी दिन आफु तयार रहेको प्रतिबद्धता जनाउनु भयो । छलफलमा प्रहरी सहायक निरिक्षक ईनिसप्केटर मोहन बहादुर साउद लगाएत जिल्ला स्थित संञ्चारकर्मिको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!