शैक्षिक एवं धार्मिक महोत्सव सफल बनाउन अमेरिकाका अछामीद्धारा पौने २ लाख सहयोग

Posted on: 25 Jan, 2017

कमल रावल/माघ १२, मंगलसेन । अछाम जिल्लामा हुन लागेको अछाम शैक्षिक एवं धार्मिक महोत्सवलाई सफल पार्नका लागि अमेरिकामा बसोबास गर्दै आएका अछामीले सहयोग गर्ने भएका छन । 

सयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको हस्सट्नमा रहेको हस्ट्न अछामी समाजको सक्रियतामा सहयोग गर्न लागिएको हो । विभिन्न ब्यक्तिबाट १ लाख ९० हजार २ सय ११ रुपैयाँ आर्थिक संकलन गरि सहयोग स्वरुप प्रदान गरिएको हो । 

हस्ट्न अछामी समाजका उपाध्यक्ष कर्ण बहादुर बोगटीका अनुुसार मंगलसेनका ब्यावसायी गँगन कसिले ५१ हजार १, मंगलसेनका खगेन्द्र ढुगानाले १७ हजार १ सय १, पायलका झँकर कुवरले १६ हजार ३ सय १, मंगलसेनका कर्ण बहादुर बोगटीले १६ हजार ३ सय १, बयालपाटाका विवेक कुवरले १६ हजार ३ सय १, बस्तीका धुव्र बहादुर थापाले १६ हजार ३ सय १, बयालपाटाका विक्रम कुवरले १६ हजार ३ सय १ गरेका छन् ।

यस्तै बयालपाटाका कमल बहादुर कुवरले १६ हजार ३ सय १, बस्तीका विनोद थापाले ११ हजार १ सय १, विनायकका अक्कल केसिले १० हजार ५ सय १ र नरेश रावलले २ हजार ७ सय १ सहयोग गर्नु भएको छ । 

कार्यक्रमलाई सहयोग गरिदिन हुन देश बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा उनिहरुले अनुरोध समेत गरेका छन । विदेशमा रहेका दाजु भाईको सानो सहयोगले अछाम क्याम्पसमा स्नात्तोकोत्तर कक्षा सन्चालन गर्न ठूलो सहयोग पुग्ने उनिरुहेको आशा रहेको बताईएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!