फागुन १८ देखी २७ गतेसम्म सञ्चालन हुने दोस्रो पञ्चदेवल महोत्सवको तयारी तिब्र

Posted on: 07 Feb, 2018

कमल रावल/माघ २४, अछाम । यहि फागुन १८ देखी २७ गतेसम्म सञ्चालन हुने दोस्रो पञ्चदेवल महोत्सवको तयारी तिब्र गतिमा अघि बढेको छ । 

महोत्सव मुल आयोजक समितिले महोत्सव तयारीका लागि बिभिन्न गतिविधिहरु गरिरहेको जनाएको छ । महोत्सवका लागि प्रचारप्रसार कार्य तिब्र भईरहेको छ भने मुख्य प्रायोजक र प्रायोजकहरु संगको समझदारी करिब अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका सदस्यसचिव रमेश रावतले बताउनुभयो । 

पञ्चदेव, स्थानीय उत्पादन, साहित्य, संस्कृति शिक्षा र पर्यटन विकासका लागि भन्ने मुल नारा सहित आयोजना हुन लागेको महोत्सवका लागि कुन कुन कलाकार आउने भन्ने फाईनल गरिसकिएको छ भने ब्रोसर, ब्यानर लगायतका प्रचार सामग्रि छपाई तथा टिकट छपाई कार्य भईसकेको जनाईएको छ । महोत्सवका लागि करिब १ लाख टिकट छापिएको सदस्य सचिव रावतले जाँनकारी दिनुभयो । 

महोत्सव मार्फत छाउपडी कुप्रथा न्यूनिकरणका लागि सन्देशमुलक स्लोगन समेत राखिएको जनाईएको छ । महोत्सव मार्फत जिल्लाको पर्यटन विकास, ब्यापार प्रर्बद्धन, कला संस्कृतिको संरक्षण र शैक्षीक विकासमा टेवा पुर्याँउने लक्ष राखिएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष टंक बहादुर धामीले बताउनुभयो । 

करिब ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा पर्यटकीय स्थल र स्थानीय उत्पादनको प्रचार एवम प्रर्बद्धनलाई समेत बिशेष जोड दिईने जनाईएको छ । 

यसैविच महोत्सवको उदघाटन समारोहलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउनुहुने भएको छ । प्रचण्डलाई महोत्सवको उदघाटनका लागि निमन्त्रणा गरिसकिएको महोत्सव मुल आयोजक समिति अध्यक्ष टंक बहादुर धामीले बताँउनुभयो । 

यस्तै महोत्सवमा एक करोड २० लाख खार्थिक संकलन हुने अनुमान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!