मंगलसेन नगरपालिकाद्वारा कृषि भ्रमण प्रतिबेदन सार्बजनिक

Posted on: 27 Mar, 2018

चैत १३, अछाम | मङ्गलसेन नगरपालिका द्वारा कृषि अवलोकन भ्रमण बारे पत्रकार सम्मेलन गरि जानकारि गरायको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगरपालिका मार्फत केही समय अघि नगरपालिका का विभिन्न वडाका जनप्रतिनिधि र किसान तथा प्राविधिक कर्मचारि सम्मिलित पुर्वी नेपालका विभिन्न जिल्लामा भयको कृषि अवलोकन भ्रमण का विषयमा जानकारि गराईयको थियो । 

नगर प्रमुख बोहराले भ्रमणको लक्ष उदेश्य र त्यहा भय गरेका कृयाकलापको बारेमा जानकारी गराउनुभयको थियो। फागुन ३० देखि चैत्र ९ गते सम्म भयको कृषि अवलोकन भ्रमणको अवसरमा विभिन्न जिल्लामा कृषि क्षेत्रमा भएको प्रगति, त्यहाँ संचालित कृषि फर्म, केराबारी, तरकारी खेती, मत्स्यपालन, आँप खेती बाट भएको आर्थिक समृद्धि र तेस्को आफ्नो नगरपालिकामा ब्यावहारिक प्रयोग को बिसयमा जानकारी लियको नगरप्रमुख बोहराले बताउनुभयो ।     

कृषि प्रसार शाखाबाट पुर्ब निर्धारि कार्यक्रम अन्तर्गत को ६ लाख बजेट भ्रमणमा खर्च भएको र भ्रमणमा कृषक, जनप्रतिनिधि र कर्मचारी गरि २० जनाको सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयको थियो । 

पत्रकार सम्मेलनमा नगर उपप्रमुख सरिता उपाध्याय, पत्रकार महासङ्घका सचिव होम साउद, सबै वडाका वडाअध्यक्ष कर्मचारी र सरोकारवालाको सहभागिता रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद ढुङ्गानाले सवागत मन्तब्य राख्नुभएको पत्रकार सम्मेलनको सञ्चालन कर्मचारी नरेश कठायतले गर्नुभयको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!