१ सय ६५ घरधुरिलाई ९ वटा खानेपानीका धारा बने

Posted on: 07 Jun, 2018

कमल रावल | जेठ २४, अछाम । मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलिको पालाकाट्यिा टोलका स्थानियलाई करिब १ घण्टा टाढाबाट खानेपानी ल्याउनु पर्ने बाध्यता रही आएको थियो । यो बर्ष देखि त्यो समस्या समाधान भएको छ ।

वडामा चौतीगउडा खानेपानी योजना सम्पन्न भएपछी टोलका धारामा पानी पुगेको हो । मंगलसेन नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा २५ लाख ८ हजारमा खानेपानी सम्पन्न गर्ने गरि योजना दिएको थियो । १ सय ६५ घरधुरी रहेको टोलमा ९ वटा धारा निर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितीका अध्यक्ष रुप बहादुर कुवरले बताउनु भयो । लामो समयपछी गाउका धारामै पानी आएपछी स्थानिय बासिन्दा निकै खुशि भएका समितीका सदस्य बिनोद बिष्टले बताउनु भयो । योजना कार्यसम्पन्न पनी आज सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । निर्माण समितीका अध्यक्ष रुप बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष प्रेम बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रम वडा सदस्य पदम बहादुर रावल, नेपाली काग्रेसका वडा सभापती दान बहादुर शाही बिशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा पार्वती मावि सहायक प्रअ ललितराज नाथ, वडा सामाजिक परिचालक टँक रोकाया, शिक्षक एकेन्द्र बिष्ट, समाजसेवि चन्द्र बिष्ट, निर्माण समितीका मिस्त्री शेर बहादुर रावल, लगाएतको सबै सरोकारवालाको सहभागिता रहेको थियो । समिती सदस्य विनोद बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन कलम तिरुवाले गर्नु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!