अछाम बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको नगरप्रमुख बोहराद्धारा शिलान्यास

Posted on: 26 Sep, 2018

कमल रावल | असोज १०, अछाम | अछाम बहुमुखी क्याम्पस मंगलसेनमा नयाँ बन्ने भवनको शिलान्यास गरिएको छ । क्याम्पसको बन्ने ८ कोठे भवनको मंगलसेन नगरपालिकाका प्रमुख एव क्याम्पस संञ्चालक समिती अध्यक्ष पदम बहादुर बोहराले गर्नु भएको हो । 

भवन शिलान्यास गर्दै बोहराले क्याम्पसको भवन समयमै बन्नेमा आफु ढुक्क रहेको बताउनु भयो । यस अघिको भवन जस्तै नमुना र गुणस्तर बनाउनका लागि ठेकेदारले बिशेष जोड् दिनु पर्ने बताउनु भयो । मंगलसेन नगरपालिकाको यस आर्थिक बर्षको सहयोगमा भवन बन्न लागेको हो । नगरपालिकाको १ करोड ३६ लाख लागतमा निर्माण गरिने अछाम क्याम्पसका प्रमुख छत्र बहादुर बिष्टले बताउनु भयो । ठेकेदार जय बहादुर सुनारले निर्माणको जिम्मा लिएकाले असार मसान्त भित्रै काम सम्पन्न गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको प्रमुख बिष्टले बताउनु भयो । 


भवन शिलान्यास कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, सहायक प्रमुख धुव्र कुमार शाही, संञ्चालक समिती सदस्य, प्राध्यापकको सहभागिता रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!