माओबादीले अछामका ९ स्थानीय तहमा सर्वसम्मत उम्मेद्धारको टुङ्गो लगायो (सुचिसहित)

Posted on: 28 Apr, 2017

बैशाख १५, अछाम । नेकपा माओवादी केन्द्रले अछामका १० वटा स्थानिय तह मध्ये ९ वटामा सर्वसम्मत रुपमा मेयर तथा अध्यक्षका उम्मेद्धारको टुंगो लगाएको छ । 

साँफेबगर नगरपालिका बाहेक सबै नगरपालिका तथा गाँउपालिकामा उम्मेद्धारहरुको टुंगो सर्वसम्मत रुपमा लागिसकेको नेकपा माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले बढि भन्दा बढि स्थानिय तहमा आफ्नो जित सुनिश्चित गर्नका लागि सर्वसम्मत रुपमै उम्मेद्धार छनौट गरेको र कुनैपनि स्थानिय तहमासमस्या नभएको जिल्ला ईञ्चार्ज खगेन्द्र रोकायाको भनाई छ । माओवादी केन्द्रले रामारोशन गाँउपालिकामा पार्टीका केन्द्रिय महाँदिवेशन प्रतिनिधी झंकर साउद (भाष्कर) लाई गाँउपालिका प्रमुखको उम्मेद्धार बनाएको छ भने पञ्चदेवल बिनायक नगरपालिकामा पनि पार्टीका केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य अक्कल रावललाई मेयरको उम्मेद्धार बनाएको छ ।  

यस्तै, मेल्लेख गाँउपालिकामा लोक बहादुर बोहरा (ज्वाला), बान्नीगढी जयगढ गाँउपालिकामा लोकेन्द्र साउद, मंगलसेन नगरपालिकामा लोक बहादुर बोगटी, चौरपाटी गाँउपालिकामा राम बहादुर थापा, कमलबजार नगरपालिकामा रण बहादुर बिष्ट, तुर्माखाँद गाँउपालिकामा उदय बिष्ट र ढकारी गाँउपालिकामा तुलाराम उपाध्यायलाई उम्मेद्धार चयन गरिएको पार्टीका जिल्ला संयोजक झपट साउदले जाँनकारी दिनुभयो । 

उहाँका अनुसार साँफेबगर नगरपालिकामा मात्रै उम्मेद्धारको टुंगो लाग्न बाँकी रहेको छ । त्यहाँ पनि टंक रावल उम्मेद्धार बन्ने निश्चित जस्तै भएको संयोजक साउदले बताँउनुभयो । माओवादी केन्द्रले रामारोशन गाँउपालिकामा पार्टीको केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य सरस्वती रावललाई उप प्रमुखका रुपमा अगाडी सारेको छ भने मंगलसेन नगरपालिकामा उप मेयरको लागि रोहीना भण्डारीलाई उम्मेद्धार बनाईएको छ । अन्य गाँउ तथा नगरपालिकामा पनि उप प्रमुख तथा उप मेयरका उम्मेद्धारहरुको पनि करिब टुंगो लागिसकेको पार्टीले जनाएको छ । चुनावको मिती एक महिना पर सरेसंगै पार्टीले पनि आफ्ना थप रणनीति तयार गरिरहेको जिल्ला संयोजक साउदले बताउनुभयो । 

वडा, गाँउ तथा नगरपालिकाका उम्मेद्धारहरु आ आफ्नो पक्षमा माहोल बनाँउनका लागि निरन्तर घरदैलो कार्यक्रममा पनि सहभागि भैरहेको उहाँको भनाई रहेको छ । यस अघि नेकपा एमाले अछामले जिल्लाका सबै १० वटै स्थानिय तहमा उम्मेद्धारहरुको टुंगो लगाईसकेको बताईएको छ भने नेपाली काँग्रेसले निर्वाचन सरेसंगै उम्मेद्धार टुंगो लगाँउने कुरा स्थिगीत गरेर चुनावी अभियानमा लागिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!