एमाले अछाममा को-को बने उम्मेद्धार ?

Posted on: 29 Apr, 2017

कमल रावल/बैशाख १६, अछाम । सरकारको पछिल्लो निर्णयपछि प्रदेश नम्बर ७ मा दोस्रो चरण अर्थात् आगामी जेठ ३१ गते स्थानीय तह निर्वाचन हुँदैछ । 

राजनीतिक दलहरू स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको उम्मेदवारी चयनमा व्यस्त रहेका छन् । नेकपा एमाले अछामले भने सबै स्थानीय तहमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । 

एमालेको सात नम्बर प्रदेश सङ्गठन कमिटीको बैठकले अछामका सबै स्थानीय तहमा उम्मेद्धारी चयन गरेको छ । अछामका ६ वटा गाउँपालिका र ४ वटा नगरपालिकाका उम्मेद्धार छनोट गरेको हो । साँफेबगर नगरपालिकाको मेयरमा शिव बहादुर कुँवर (शिलोज) उपमेयरमा अमृता खड्का उम्मेद्धार बनाएको छ । मंगलसेन नगरपालिकामा मेयरमा पदम बोहरा, उपमेयरमा सरिता उपाध्याय उम्मेद्धार भएका छन् । 

कमलबजार नगरपालिकाको मेयरमा दीपक अधिकारी र उपमेयरमा मना अधिकारीलाई उम्मेद्धार बनाएको छ । बिनायक –पंचदेवल नगरपालिकाको मेयरमा नन्द कडायत र उपमेयरमा लक्ष्मी बोगटीलाई उम्मेद्धार बनाएको छ । 

यस्तै, ६ वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्धार पनि चयन गरेको छ । चौरपाटी गाउँपालिकाको अध्यक्षमा हर्क साउँद, उपाध्यक्षमा सुशिला बोगटी, मेल्लेख गाउँपालिकाको अध्यक्षमा डम्मर नेपाली, उपाध्यक्षमा समिता महर साउद उम्मेद्धार बनेका छन् । 

बान्नीगढी–जयगढ गाउँपालिकाको अध्यक्षमा कमल तिमिल्सना र उपाध्यक्षमा निर्मला रावल, रामारोशन गाउँपालिकाको अध्यक्षमा चक्र रावल, उपाध्यक्षमा बिन्द्रा साँउदलाई उम्मेद्धार बनाएको छ । 

यस्तै ढकारी गाउँपालिकाको अध्यक्षमा नवराज साउँद र उपाध्यक्षमा हेमा शाह र तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा पदम बुढा, उपाध्यक्षमा गौमती शाहीलाई उम्मेद्धार बनाउने निर्णय भएको एमाले स्रोतले जानकारी दिएको छ । 

एमालेको सात नम्बर प्रदेश सङ्गठन कमिटीले यहाँका ८८ स्थानीय तहमध्ये अधिकांशका प्रमुख तथा उपप्रमुख छानेको छ । यद्यपि अहिलेसम्म आधिकारिक रूपमा नामावली सार्वजनिक गरिएको छैन । 

७ नम्बर प्रदेशमा ३४ नगरपालिका एक उप महानगरपालिका सहित र ५४ वटा गाउँपालिका रहेका छन् । त्यस्तै, नगरपालिका र गाउँपालिका गरी सात सय ६३ वडा रहेका छन् । नयाँ व्यवस्था र संरचना अनुसार ७ नम्बर प्रदेशमा कम्तीमा १ हजार ४ सय ६६ जना महिला सदस्य, सात सय ३३ जना दलित महिला सहितको प्रतिनिधित्व सुनिश्चित भएको छ । 

नेकपा एमाले अछामले २०६४ सालको संविधान सभाको चुनावमा क्षेत्र नं. १ र २०७० सालको संविधान सभाको निर्वाचन दुवै क्षेत्रमा जित हासिल गरेको थियो । नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेरहादुर कुँवरले अछाममा एमाले कुनै पार्टीसँग तालमेल नगरी एक्लै १० वटै स्थानीय तहमा जित हासिल गर्ने दाबि गर्नु भयो । नेकपा एमालेले जनताका पक्षमा काम गर्दै आएका कारण स्थानीय तहको चुनाव वहुमत सहित विजयी हुने दाबि गर्नु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!