एमालेद्वारा घरदैलो तथा चुनावि कार्यक्रम सम्पन्न

Posted on: 25 May, 2017

जेठ ११, अछाम | नेकपा एमाले मँगलसेन नगरसँगठन कमिटी वडा नम्बर ८ र ९ ओलिगाउको घरदैलो तथा चुनावि कार्यक्रम सम्पन्न भएको छ । छुुट्टा छुट्टै स्थानमा भएको कार्यक्रममा मँगलसेन नगरपालिकाका मेयर पदका उम्मेद्धार पदम बोहरा रहनुभएको थियो ।

प्रमुुख अतिथी बोहराले वडा कमिटीको रिपोर्टिग अनुसार एमाले तर्फ बहुमत सुनिश्चित भएकाले एमालेको जित सुनिश्चित भएको बताउनु भयो । उहाँले आगामि दिनमा ओलिगाउको बिकासका लागि आफुु ठोस योजनाका साथ अघि बढ्ने बताउनु भयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य कलुदेवि रावल, जिल्ला सल्लाहकार सदस्य तथा वडा नम्बर ८ का अध्यक्ष पदका उम्मेद्धार भैरब बोहरा, मिन बहादुर रावल, नगर सँगठन कमिटी सचिव महेन्द्र विक, सदस्य तकेन्द्र रावल, छत्र बोहरा, सर्प बोहरा, वडा नम्बर ८ का अध्यक्ष प्रसाद सिह बोहरा, वडा नम्बर ९ का अध्यक्ष तथा अध्यक्ष पदका उम्मेद्धार चक्र बहादुर रावल, शिक्षक सँगठन जिल्ला सदस्य सकुुन्तला परियार, वडा सचिव निरक बोहरा, पुुष्प रावल, सारदा लामा लगाएतको सहभागिता रहेको थियो ।

२ वटै वडामा भोेलिबाट नै प्रत्येक टोल टोलमा पुुगि घरदैलो कार्यक्रमलाई तिव्रता दिईने समेत निर्णय गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!