अछाममा ७० जनप्रतिनिधीका लागि १३ सय ५१ चुनावि मैदानमा

Posted on: 21 Jun, 2017

कमल रावल/असार ७, अछाम । अछामका जिल्लाका १० वटा स्थानिय तहमा ४ सय ७० पदका लागि १ हजार ३ सय ५१ जनाको उम्मेद्धारि रहेको छ । 

आईतबार मनोनयन दर्ताको दिनमा १ हजार ४ सय ७ जनाले उम्मेद्धारि दर्ता गराएपनी मंगलबार अन्तिम दिन ५६ जनाले उम्मेद्धारि फिर्ता लिए पछी अब १ हजार ३ सय ५१ जनाले असार १४ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन । 

४ सय ७५ जन प्रतिनिधी अछाममा छानिने भएपनी मंगलसैन नगरपालिका वडा नम्बर २ र ७ मा एमालेको तर्फबाट ५ जना वडा सदस्य निर्विरोध चयन भएपछी ४ सय ७० जनाका लागि चुनावि प्रतिस्पर्धा हुने भएको छ । जसमा ८ सय १२ पुरुष र ५ सय ३९ जना महिला उम्मेद्धार रहेका जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । 

अछाममा नेपाली काग्रेसले रामारोशन गाउपालिका अध्यक्षका लागि महिला, नेकपा एमालले मेल्लेख गाउपालिकामा गाउपालिकाको अध्यक्ष पदमा लागि दलित र राप्रपाले साफेबगरमा मेयर पदका लागि महिला उम्मेद्धारलाई अघि सारेको छ । 

अछाममा नगरपालिकामा नगरको मेयर, उपमेयर, वडा अध्यक्ष, खुल्ला सदस्य, दलित महिला सदस्य, महिला सदस्य निर्वाचित हुनेछन भने गाउपालिका अध्यक्ष उपाध्यक्ष अध्यक्ष, खुुल्ला सदस्य, दलित महिला सदस्य, महिला सदस्य निर्वाचित हुनेछन । 

जसमा साफेबगर नगरपालिकामा नगरको मेयर, उपमेयरमा गरि १४ वडामा ७२, मंगलसेन नगरपालिमा नगरपालिकामा नगरको मेयर, उपमेयरमा गरि १४ वडामा ६७, कमलबजार नगरपालिकामा नगरको मेयर उपमेयरमा गरि १० वडामा ५२, पञ्चदेवल विनायक नगरपालिकामा नगरको मेयर उपमेयर गरि ९ वडामा ४७ जना जनप्रतिनिधी निर्वाचित हुनेछन । 

जयगढ बान्नीगढी गाउपालिका गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ६ वडामा ३२, चौरपाटी गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ७ वडामा ३७, ढकारी गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ८ वडामा ४२, रामारोशन गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ७ वडामा ३७, तुर्माखाद गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ८ वडामा ४२ र मेल्लेख गाउपालिकामा गाउपालिका अध्यक्ष उपाध्यक्ष गरि ४२ जना जनप्रतिनिधी गाउपालिका निर्वाचित हुनेछन । 

मनोनयन दर्ताको सबै प्रक्रिया सम्पन्न भईसकेपछी असार १४ गते हुने निर्वाचनका लागि सबै राजनितिक दललाई चुनाव चिन्ह समेत प्रदान गरिसकिएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!