अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुरः जैसि

Posted on: 22 Jun, 2017


कमल रावल | असार ८, अछाम | नेकपा एमालेका प्रदेश नम्बर ७ निर्वाचन कमिटी सँयोजक कृष्ण प्रसाद जैसिले अबको स्थानिय तहमा नेपाली जनता एमालेलाई जिताउन आतुर रहेको बताउनु भयो । 

अछामका १० वटै तहमा जनताको ब्यापक लहर देखिएकाले एमालेको जित सुनिश्चित भएको बताउनु भयो । नेकपा एमाले मेल्लेख गाउपालीका वडा नम्बर १ र २ ऋषिदहको चुनावि सभामा प्रमुख अतिथीको आशनबाट बोल्दै पुर्व जिविस सभापती समेत रहेको जैसिले हरेक परिवर्तनकारी बिकासका एजेण्डा एमालेको सरकारको पालामा भएका बताउनु भयो । 

अछामका समग्र बिकासको नक्सा एमालेका प्रत्येक उम्मेद्धारसँग भएकाले जनतालाई विश्वास गर्न आग्रह समेत गर्नु भयो । रणसीह रावलको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी एमाले जिल्ला कमिटी सचिवालय सदस्य हिरण्ड भट्राईले भारत तथा तेस्रो मुलुकमा गएका युवाका लागि आगामि दिनमा जिल्लामै रोजगारिको सिर्जनाको लागि आफनो पार्टीको योजना रहेको बताउनु भयो । चुनावि सभामा गाउपालिकाका अध्यक्षका उम्मेद्धार डम्बर नेपाली, उपाध्यक्षकाक उम्मेद्धार  समिता महर साउदले आफनो चुनावि प्रतिबद्धता सहीतको मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन अनेरास्वबीयु बाँकेका जील्ला सदस्य विनोद धामीले गर्नु भएको हो । 

यस्तै नेकपा एमाले मंगलसैन नगरपादीका वडा नम्बर १२ बान्नातोलीको घरदैलो  कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष पदका उम्मेदवार भरत बहादुर शाहीको नेतृत्वमा गएको टोलीले साबिकको बान्नातोली गाबिस वडा नम्बर १ देखी वडा नम्बर ९ सम्म घरदैलो गर्दै ठाँटीखाद बजारमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य खड्क बिष्ट, महिला सदस्य पदका उम्मेद्धवार राईलु गीरी, नेकपा एमाले मंगलसैन नगर संगठनका सदस्य डम्मर रावल, कर्ण बहादुर जनाला लगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!