प्रदेश नम्बर ७ का सबै जिल्लामा एमाले पहिलो शक्ति हुन्छ: शाह

Posted on: 23 Jun, 2017


कमल रावल/असार ९, अछाम । नेकपा एमालेका वैकल्पिक केन्द्रिय कमिटी सदस्य प्रकाश शाहले प्रदेश नम्बर ७ का सबै जिल्लामा एमाले पहिलो शक्ति हुने बताउनु भएको छ । 

चुनावि प्रचारप्रसारका क्रममा जनताको घरदैलो, टोल, सभामा पुगिरहदा एमाले प्रति जनताको ब्यापक लहर रहेकाले जित सुनिश्चित देखिएका बताउनु भयो । नेकपा एमाले मंगलसेन नगरसँगठन कमिटी वडा नम्बर १२ को बान्नातोलिमा भएको चुनावि सभालाई सम्बोधन गर्न पुग्नु भएको अछाम ईञ्चार्ज समेत रहेका शाहले काग्रेस माओावादिको गठनबन्ध एमालेलाई वलियो शक्ति बनाउन मात्र भएको बताउनु भयो । 

अछाममा भएको गठबन्ध कुनै असर नपार्ने बताउदै नेता कार्यकर्ता जनताको पक्षमा लाग्न आग्रह गर्नु भयो । असार १४ पछी जनताले काग्रेस माओवादिलाई नपात्याएर एमाले पार्टी सबै जनताको रोजाई हुने बताउनु भयो । 

परिवर्तनकारी नेताले भरिएको एमाले पार्टी भएकाले अछामको प्रत्येक क्षेत्रको बिकास प्रत्याभुत एमालेका उम्मद्धारले गराउने बताउनु भयो । वडा अध्यक्ष पदका उम्मेद्धार भरत बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा मगलसेन नगरपालिकाका मेयर पदमा उम्मेद्धार पदम बहादुर बोहराले सबैको आशा केन्द्रको विश्वास आफु भएकाले जिताउन आतुर भएका बताउनु भयो । 

विकासका लागि आफुुले वोलेर मात्र नभएर गरेर देखाउने प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रममा उपमेयरका उम्मेद्धार सरिता उपाध्याय, जिल्ला कमिटी सचिवालय सदस्य बल बहादुर सोडारी, मिभ जनाला, जिल्ला कमिटी सदस्य नयन सोडारी, लिला केसि, जिल्ला सल्लाहकार सदस्य खड्क बहादुर बिष्ट, प्रदेश नम्बर ७ समन्वय सम्पर्क कमिटी सदस्य भिम बहादुर रावल कालोटोपि, अनेरास्वीयु केन्द्रिय सचिवालय सदस्य केशरी रेग्मी लगाएतले मन्तव्य राख्नु भएको थियो । तारा प्रसाद गरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन बम बहादुर रावतले गर्नु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!