अछाममा दलहरुले प्रचारप्रसार कार्यक्रम पुर्ण रुपमा बन्द गरे

Posted on: 26 Jun, 2017

कमल रावल/असार १२, अछाम । असार ११ गते राती १२ बजेबाट निर्वाचनकालागि मौन अवधि सुरु भएसँगै सबै राजनितिकदलले प्रचारप्रसार कार्यक्रम अछाम जिल्लामा पुर्ण रुपमा बन्द गरेका छन । 

मनोनयन दर्ता सँगै असार ४ गतेबाट तिव्र रुपमा प्रचाप्रसार थालेका अछामका ठुला तथा साना दलले चुनावि सभा, घरदैलो, मतदाता भेटघाट कार्य असार ११ गतेबाट बन्द गरेका हुन । यो प्रक्रिया सुरु सँगै अछामका १० वटै स्थानिय तहका प्रत्येक वडाका मतदान स्थलमा मतदान अधिकृत खटिसकेका छन । 

वडा स्तरमा राजनितिक दल, सरोकारवाला, सुरक्षा निकाय सबै सँग सर्वदलिय बैठक गरि मतदान सफल पार्नका लागि प्रतिबद्धता जनाईसकेका छन । १२ गते सबै मतदाताको फोटो सहीतको मतदाता नामावलि वितरण कार्य सम्बन्धीत मतदान स्थलबाट वितरण भईरहेको अछामका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय पंगेनिले बताउनु भयो । 

यो अवधिमा अछाममा जिल्लामा निर्वाचन आयोग, मानवअधिकार कर्मि, जिल्ला स्तरिय अनुगमन सयन्त्र, जिल्ला स्थीत सञ्चारकर्मिलाई रिपोर्टिगँ तथा अनुगमनका लागि अनुमति पत्र दिईएको उहाँले बताउनु भयो । अछामका ४ नगरपालिका र ६ गाउँपालिकामा १० स्थानिय तहमा १ सय ८५ मतदान स्थाल रहेका छन । 

जिल्लामा १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताउनु भयो । जिल्लाको शान्ति सुरक्षा निकै कडा पारिएको जिल्लाको शान्ति सुरक्षा समितीले जनाएको छ । 

अछामका ४७ मतदान स्थल निकै सँवेदनशिल रहेकाले कडा पारिएको प्रमुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले बताउनु भयो । मतदान स्थलमा म्यादि प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सैनीक खटाईएकाले मतदातालाई ढुक्कका साथ मतदान गर्न सबै मतदातालाई आग्रह गर्नु भएको छ । 

अछाम जिल्लामा असार १ गतेदेखि १५ गतेसम्म मदिरा निशेधित क्षेत्र घोषणा गरिएकाले यो अवधिमा विक्रिवितरण र सेवन गरेको पाईएमा कडा भन्दा कडा कारबाही गरिने उहाँले बताउनु भयो । अछाम जिल्लाका ४ सय ७० जनप्रतिनिधीका लागि १३ सय ५१ उम्मेद्धार चुनावि मैदानमा रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!