अछाममा जिल्ला समन्वय समिति संयोजका लागी बेदप्रकाशको नाम चर्चामा

Posted on: 08 Jul, 2017


पूर्णबहादुर खड्का/असार २४, अछाम । अछामका दश स्थानीय तहमध्ये पाँच तहमा प्रमुख र दुई तहमा उपप्रमुख जितेर जिल्लाको पहिलो पार्टी बनेको नेपाली कांग्रेसभित्र जिल्ला समन्वय समिति (जिसस) संयोजक को बन्ने भन्ने वहस सुरु भएको छ ।

पार्टीले कसलाई संयोजक बनाउने भन्ने विषयमा औपचारिक छलफल नचलाए पनि यसबारे चर्चा सुरु भएको हो । यद्यपि पूर्व सहमति अनुसार माओवादी केन्द्रसंग सहकार्य गर्ने नगर्ने बारे स्पष्ट कुरा नभईसकेको समेत बताईएको छ । 

स्थानिय तहको निवार्चन सकिएको ३० दिन भित्र जिल्ला समन्वय समिती गठन गरिसक्नुपर्ने प्रावधान रहे अनुसार नै जिल्लामा चर्चा सुरु भएको हो । जिल्ला समन्वय समितिको संयोजकका लागि पार्टीका सहसिचव तथा प्रवक्ता बेदप्रकाश तिमिल्सैनाको नाम बढी चर्चामा छ । तिमिल्सैना बिनायक पञ्चदेवल नगरपालिका वडा नं. १ कुईका बाट निर्वाचित वडा सदस्य हुन । हाल पार्टीले पूर्वी अछामका धेरै ठाँउमा जित हासिल गरेको र तिमिल्सैना पनि पूर्वी अछामका भएका कारण उहाँको सम्भावना बलियो रहेको नाम नभन्ने सर्तमा एक नेताले बताए । 

बिद्यार्थीकालमा नेविसंघमा क्रियाशिला भई पत्रकारीता पेशाबाट राजनितिमा आएका तिमिल्सैनाको पनि जिसस संयोजक बन्ने सम्भावना बढी रहेको एक नेताले बताएका छन । विकास निर्माण, सामाजिक कार्य तथा सुशासनका पक्षमा वकालत गर्दै आउनु भएका तिमिल्सैनाले संयोजक भएमा समग्र जिल्लाको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । समाजशास्त्रमा स्नाकोक्तार गरेका तिमिल्सैना बिगत १० बर्ष देखी अछामको विकास निर्माण देखी लिएर सुशासनका पक्षमा काम गर्दै आईरहनु भएको छ । 

नेपाल पत्रकार महासंघ अछाम शाखाको दुईकार्यकाल अध्यक्ष पदमा रही काम गरेका तिमिल्सैना कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस यूनियनमा समेत आवद्ध हुनुहुन्छ । यूनियनको संगठनलाई सुदृढ तथा मजबुद पार्न उहाँको ठुलो भुमिका रहेको युनियनका केन्द्रिय नेताहरु बताउनु गरेका छन । अछाम जिल्लामा पनि संगठनलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निवार्ह गरेको पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँर बताउछन । 

पञ्च्यात बिरुद्ध सक्रिय तिमिल्सैना परिवारका सदस्य समेत रहेका कुईकाका पूर्व अध्यक्ष नरेन्द्र तिमिल्सैनाले पनि पार्टीका लागी ठुलो योग्दान गरेका थिए । तत्कालिन नेकपा माओवादीले उहाँलाई घरबाटै अपहरण गरि बेपत्ता बनाएको थियो । भने सुदूरपश्चिमबाट नै पहिलो पटक तिमिल्सैनाको परिवारलाई विस्थापित बनाएको थियो । 

त्यसो अछामको राजनितिक ईतिहासमा पारिवारिक रुपले पुरानो कांग्रेसका परिवारको रुपमा पनि तिमिल्सैना परिवारलाई लिने गरिन्छ । पार्टी संगठनका लागी तिमिल्सैनालाई ईमान्दार, कर्मठ र क्रियाशिल सदस्यका रुपमा अछाममा सक्रिय हुनुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!