अछाम क्याम्पसले गर्यो मंगलसेन नगरका जनप्रतिनिधिलाई स्वागत

Posted on: 12 Jul, 2017


कमल रावलअसार २८, अछाम । मगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले अछाम क्याम्पसलाई नमुना क्याम्पस बनाउने ध्येय आफुसँग भएको बताउनु भएको छ । 

अछाम बहुमुखी क्याम्पसले मगलसेनबाट निर्वा्चित प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई गरेको स्वागत तथा बधाई कार्यक्रममा  प्रमुख अतिथि बोहराले आफुसग शिक्षा क्षेत्रको लामो अनुभव भएकाले गुणस्तर बृदिका लागि लाग्ने बताउनु भयो । 

शैक्षिक क्षेत्र सबैको साझा भएकाले सबैमा अपनत्वको भावना हुनु पर्ने बताउनु भयो । क्याम्पस प्रमुख छत्र बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका बिशिस्ट अतिथि उपप्रमुख सरिता उपाध्यायले शिक्षा सग नजिक भएर आफु जहिले पनि आवाज उठाईरहेकाले आफना पहल कदमि जारि रहने बताउनु भयो । 

वडा नम्बर ५ का अध्यक्ष हरि प्रसाद ढुगानाले राजनिति भन्दा माथि उठेर गुणस्तरीय शिक्षा प्रदानका लागि जहिले पनि लाग्ने बताउनु भयो । कार्यक्रममा बियड परीक्षा केन्द्रका केन्द्राध्यक्ष, पर्यबेक्षक, प्राध्यापक, बिदार्थिले शुभकामना दिएका थिए । 

पुर्व क्याम्पस प्रमुख नृप चाडले स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन सहायक क्याम्पस प्रमुख धुब्र कुमार शाहिले गर्नु भएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!